‘राष्ट्रपति विशेष कदम चाल्दैछन्’

२३ पुष २०६९, सोमबार १२:२० मा प्रकाशित

काठमाडौं, २३ पुस । पटक पटक म्याद थप्दा पनि राजनीतिक निकास निस्कन नसकेपछि राष्ट्रपति रामवरण यादवको क्षमतामाथि औंला उठ्न थालेपछि राष्ट्रपतिले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्न थालेका छन् । सहमति बन्न नसक्नुको मूल कारण उनले मूख्य तीन दल नै भएको जिकी।र ग।रे । दलहरु आफू मिल्न नसक्ने अनि दोष अरुतिर तेस्र्याउनु उचित नभएको उनको धारणा थियो । आइतबार साना दलहरुसँगको भेटमा उनले सो गुनासो गरेका हुन् ।
यसैबीच राष्ट्रपतिले सेनाको साथ लिएर कुनै ठोस कदम चाल्न थालेको अभिव्यक्ति एनेकपा माओवादीका नेता देवेन्द्र पौडेलले दिएका छन् । प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका पौडेलले सुरक्षा निकायहरुको साथ लिएर अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोगमा राष्ट्रपतिले विशेष कदम चाल्न लागेको सूचना आफूलाई मिलेको खुलासा गरे । तत्काल दलहरु मिलेर अघि बढ्ने कम हुन नसके दलहरुका लागि अब कठिन दिन आउन सक्ने र देश द्न्दको नयाँ भूमरीमा पर्ने चेतावनी उनले दिए । तर, राष्ट्रपतिले ठोस कदम चाल्ने सूचना कसले उपलब्ध गराएको हो भन्नेबारेमा भने उनले स्पष्ट जवाफ दिन सकेनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति