केन्द्रीय समितिको बैठक स्थगित गरेर माओवादीको संस्थापन र बैद्य पक्ष आन्तरिक रणनीति तयार गर्न ब्यस्त

१४ चैत्र २०६८, मंगलवार १०:११ मा प्रकाशित

काठमाडौ, १४ चैत । सहमतिका लागी भन्दै केन्द्रीय समिति स्थगित गरेर एकीकृत नेकपा माओवादीका संस्थापन पक्ष र बैद्य पक्षहरु आन्तरिक छलफलमा जुटेका छन् ।
माओवादी सस्थापन पक्षका नेताहरुको छलफल अहिले भईरहेको छ । पार्टीको केन्द्रिय कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी बैठकमा बैद्य पक्षलाई कसरी राजनीतिको मुल धारमा ल्याउने, पाटी भित्रको आन्तरीक विवाद समाधान गर्ने र यस अघि तय भएको जनपरिचालनका समानान्तर कार्यक्रमलाई कार्यान्वयका विषयमा छलफल भईरहेको सस्थापन पक्षका एक नेताले जानकारी दिएका छन ।
संस्थापन पक्षले चैत २४ गते पार्टी स्थापना दिवस,  वैशाख १० गते लेनिन दिवस र वैशाख १९ गते मे दिवस को अवसरमा जनपरिचालनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको माओबादीले जनाएको छ ।
यता बैद्य पक्षले पनि आफ्नो गुट तथा समूहका नेताहरुसँगको छलफल र अन्तरक्रियालाई जारी राखेको छ । सस्थापन पक्षले गरेको निणयका आधारमा आगमी कार्यक्रमका कार्ययोजना तयार पारिने बैद्य पक्षले जनाएको छ । समूहलाई मजबुद बनाएर अघि बड्न सचिव सिपि गजुरेल पुर्विमा रहनुभएको छ । हिजो पनि उहाँले सुनसरी, संखुवासभा, ओखलढुंगा, भोजपुर लगायतका जिल्लाका नेता तथा कार्यकर्ताहरुसँग छलफल गर्नुभएको भने आज पनि छलफललाई निरन्तरता दिने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको