प्रथम आरुघाट महोत्सव आयोजना हुने

२३ पुष २०६९, सोमबार १०:५३ मा प्रकाशित

काठमाडौं, २३ पुस । गोरखाको आरुघाटमा यही पुस २७ गते शुक्रबारदेखि माघ २ गतेसम्म ‘आरुघाट महोत्सव’ आयोजना हुने भएको छ । यस प्रथम आरुघाट महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका लक्ष्मीकिशोर श्रेष्ठले जानकारी दिए ।
आरुघाट र त्यस वरपरका विभिन्न जातजातिहरुको कला संस्कृति र सामाजिक बनोटको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका सम्पदाहरुको प्रचार–प्रसार गरी त्यसको संरक्षण एवं सम्बद्र्धनमा योगदान पुर्याउन महोत्सव आयोजना गर्न लागिएको हो । आयोजकले कृषिजन्य उत्पादन तथा जडीबुटीहरुको बजार व्यवस्थापन गरी ग्रामिण अर्थतन्त्रको विकास गर्ने, आन्तरिक तथा वाह्य पर्यटनको विकास गर्ने उद्देश्य राखेर महोत्सव गर्न लागेको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
महोत्सवको उद्घाटन समारोहमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोईराला र एमालेका अध्यक्ष झलनाथ खनाललगायतका शीर्ष नेताहरुको उपस्थिति रहने आयोजकले जानकारी दिए ।
पौष २७ गते उद्घाटन गरिने महोत्सवमा विभिन्न जनजातिहरुको कला संस्कृति झल्कने सांस्कृतिक झाँकीका साथै ¥याली प्रदर्शन गरिने छ भने २८ गते राष्ट्रिय स्तरका कलाकारहरुबाट सांगीतिक तथा हाँस्य कार्यक्रम, लोक दोहोरी प्रतियोगिताको समेत आयोजन गरिने छ । यसैगरी पौष २९ झ्याँईकुटी झ्याइँका कलाकारहरुको प्रस्तुति रहेको छ भने सोही दिन वकृत्वकला र लोकदोहोरी पनि प्रस्तुत गरिने छ ।
माघ २ गतेसम्म चल्ने महोत्सवमा मेरी बास्सैका कलाकार र गायक शिव परियारलेसमेत सांगीतिक कार्यक्रममा सहभागी जनाउने छन् ।
‘आर्थिक उन्नयनको आधार मनास्लु पर्यटन विकासको पूर्वाधार’ भन्ने मूल नारा दिएर सुरु हुन लागेको प्रथम आरुघाट महोत्सवमा हेलिकोप्टरबाट दृश्यावलोकन र ¥याप्mटीङको समेत मनोरञ्जन लिन पाइने आयोजक समितिका अध्यक्ष पूर्वराज्यमन्त्री चिनकाजी श्रेष्ठले जानकारी दिए ।
आयोजक समितिका डा. कृष्णकुमार श्रेष्ठ, गैरआवासीय नेपाली संघका कोषाध्यक्ष भवन भट्ट, बुद्धी पुडासैनी लगायतका वक्ताहरुले आरुघाट महोत्सवको बारेमा धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार