तराईमा चिसो बढ्दै, दर्जनभन्दा बढीको कठ्यांग्रिएर मृत्यु

२३ पुष २०६९, सोमबार १०:१८ मा प्रकाशित

काठमाडौं, २३ पुस । केही दिनयता तराईमा बढेको चिसोका कारण मर्नेको संख्या दर्जन नाघेको छ । अत्यधिक बढेको चिसोले सप्तरीमा आइतबार बरहीवीरपुर–७ का ५६ वर्षीय जितन यादवको मृत्यु भएको छ । राति खाना खाएर सुतेका यादवको कठ्यांग्रिएर ओच्छ्यानमै मृत्यु भएको थियो । सप्तरीमा मात्र चिसोले मृत्यु हुनेको संख्या नौ पुगेको छ ।
चराईका जिल्लामा बिहान अबेरसम्म तुवाँलो लाग्ने र चिसो हावा चल्न थालेपछि जाडो बढेको र जाडोले जनजीवन अत्यन्त कष्टकर बनेको छ । चिसोकै कारण झाडापखाला तथा स्वासप्रश्वासका बिरामीको संख्या बढेको  छ । सगरमाथा अञ्चल अस्पतालमा बालबालिका र वृद्ध बिरामीको भीड लाग्न थालेको छ।
यसैबीच ठण्डिपीडित सर्वसाधारणका लागि नेपाली सेनाको राजविराजस्थित कृष्णदल गणले नगर क्षेत्रमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएको बुझिएको छ । सेनाले काठ र दाउराको व्यवस्था गरी एकाबिहानै ठाउँठाउँमा आगो बालेपछि जाडोले काम्दै आगो ताप्न आउनेको भिड लागेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार