नेपाली कांग्रेसको आयोजनामा रुकुम बन्द

२३ पुष २०६९, सोमबार १०:०८ मा प्रकाशित

काठमाडौं, २३ पुस । कार्यकर्ता हत्याको विरोधमा नेपाली कांग्रेसले आइतबार रुकुम बन्दको गरेको  छ । गत १६ गते नेपाली कांग्रेस दुलीगाउँ इकाई समितिका सभापति कविराम खत्रीको शव जंगलमा फेला परेपछि हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै रुकुम कांग्रेस आन्दोलनमा उत्रिएको हो ।
जिल्ला बन्दका क्रममा बन्दकर्ता र एकीकृत माओवादीका कार्यकर्ताबीच खलङ्गा बजारमा झडप हुँदा दुवै पक्षका कार्यकर्ता घाइते भएका छन्। एमाओवादीले यातायातलगायत बजारआदि खुलाउने प्रयास गरेपछि दुईपक्षबीच झडप भएको बताइएको छ । यस्तै शंकास्पद व्यवहारका कारण नेपाली कांग्रेसले हत्याका लागि माओवादी कार्यकर्ता जिम्मेवार भएको आरोप लगाएको छ भने हत्याको सात दिन बितिसक्दा पनि अस्पतालबाट शव उठाइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास