राष्ट्रपतिसँग छलफल गर्न प्रधानमन्त्री शितल निवासमा

२३ पुष २०६९, सोमबार ०९:२७ मा प्रकाशित

काठमाडौं, २३ पुस । राजनीतिक गतिरोध अन्त्यको पहल सार्थक बन्न नसकिरहेका बेला प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति रामवरण यादवसँग भेटघाट सुरु गरेका छन् । सहमतिका लागि भएका पहल, संवैधानिक निकायहरुमा नियुक्तिलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शितल निनिवास गएका बालुवाटार सुत्रले जनाएको छ । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि राष्ट्रपतिले आह्वान गरेको पछिल्लो समयसीमाको आज तेस्रो दिन हो ।
यसरी प्रधानमन्त्री शितल निवासमा राष्ट्रपतिसँग छलफल गरिरहेका बेला समस्या निकासको चाबी बोकेर बसेका एमाओवादीका अध्यक्ष प्रचण्ड भने राजनीतिक छलफलबाट सहमति निस्कन नसक्ने निष्कर्षमा पुगेका एमाओवादी स्रोतले जनाएको छ । निकास ननिस्कने भएपछि अध्यक्ष प्रचण्ड नजिक आइरहेको महाधिवेशनका लागि पार्टीको प्रतिवेदन बनाउने काममा लागेको सुत्रले बतायो । यतिबेला उनी आफ्नै निवासमा बसेर राजनीतिक प्रतिवेदन लेखिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति