साउदीको यान्बुमा ६८ नेपालीहरूले तलबै पाएनन्

२२ पुष २०६९, आईतवार २२:१७ मा प्रकाशित

बिष्णु प्रसाद चापागाई, दमाम    । साउदी अरबको यान्बुमा ६८ जना नेपाली कामदारहरूले आएको ४ महिना भैसक्दा पनि तलबै पाउन सकेका छैनन् । उनीहरूको करारनामा बमोजिम सबै कामदारहरूलार्इ न्युनतम १ हजार साउदी रियाल तलब त उल्लेख छ, अरू सुविधाहरू पनि ऐन नियम बमोजिम नै छन्, उनीहरूलार्इ रोजगार दाता कम्पनीले इकामा पनि दिलाइसकेको छ तर ४ महिना बितिसक्दा पनि न त काममा नै लगाउन सकेको छ न त तलब नै दिनसकेको छ ।

यस्तो अवस्थामा निश्चित रूपमा यी कामदारहरूको र यी कामदारहरूमा आश्रित परिवारजनहरूमा ठूलो समस्या र चिन्ता छाएको छ ।

पीडित कामादारहरूमध्येकै कास्कीका जिबन भुजेलले आज बिहान एनआरएनए साउदी अरबमा यो समस्याका बारेमा जानकारी दिए पछि एनआरएनएले नेपाली राजदूतावासका उपनियोग प्रमुख तथा एनआरएनएका फोकल प्वाइन्ट हरिश्चन्द्र घिमिरेज्यु समक्ष यो समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरिसकेको छ ।

यी कामदारहरूलार्इ पाथिभारा प्लेसमेन्ट सर्भिसेजले जनही ७० हजार देखि १ लाख १० हजार सम्म असुलेर साउदी अरबको सिनो हाइड्रो कम्पनीमा पठाएको हो । साउदी अरबका लागि कामदारहरूबाट म्यानपावर कम्पनीहरूले अधिकतम ७० हजार रूपैयाँ सम्म लिनसक्ने बैदेशिक रोजगारको नियम भएता पनि म्यानपावर कम्पनीहरूले न्युनतम ७० हजार भन्दा बढी नै रकम कामदारहरूबाट लुटिरहेका छन् ।

साउदी अरबमा कामदारहरू ठगिँदै शोषिँदै न्युन तलबमा काम गर्नु परेको, साउदीकरणका कारण कतिपय रोजगारदाता कम्पनीहरू रेडजोनमा परी स्वदेश फर्किन समेत नपार्इरहेको, घरेलु महिलाहरूले पीडा र शोषण खेप्दै असुरक्षित रोजगारमा पिल्सिरहेको बेला ४ महिनासम्म तलबै नदिने जस्ता नयाँ नयाँ समस्याहरू थपिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको