सिस्नुपानी लगाएर तीन दिन कुट्दा नमरेपछि डेकेन्द्रलाई ज्यूँदै गाडिएको खुलासा

२२ पुष २०६९, आईतवार २१:५८ मा प्रकाशित

काठमाडौं, २२ पुस । पत्रकार डेकेन्द्रराज थापालाई अपहरण गरेर हत्या गर्ने मामलाका अभियुक्तहरुले डेकेन्द्रलाई कुटपिट गरेर बेहासे बनाई ज्युँदै गाडेर हत्या गरेको बयान दिएका छन् । हत्या काण्डका मुख्य अभियुक्त लक्षीराम घर्तीले सो बयान दिएका हुन् । बयानका क्रममा यो वास्तविकता सार्वजनिक गर्न आफू पहिलेदेखि नै आतुर रहेको खुलासासमेत गरेका छन् ।
माओवादीको दैलेख जिल्ला कमिटीको बैठकले डेकेन्द्रलाई यातना दिएर छानविन गर्ने निर्देशन दिएको जानकारी दिँदै उनले जिल्ला हेडक्वार्टरुको नीतिबमोजिम कुटपिट गरी बेहोस बनाएपछि गाडेको स्वीकार गरे । दैलेखको द्वारीस्थित नेपाल राष्ट्रिय निमाविको कक्षा कोठाको तेस्रो बिममा झुण्ड्याएर लौरी, सिस्नुपानीले दुई दिनसम्म यातना दिँदा पनि नमरेपछि ज्यूँदै गाडिएको अन्य अभियुक्तहरुले समेत स्वीकार गरेका प्रहरीले जनाएको छ । प्रहरीले हत्या अभियोगमा नेकपा(माओवादीका भेरी कर्णली राज्य समिति सदस्य जयबहादुर शाही, हरिलाल पुनमगर, जिल्ला कमिटीका वरिष्ठ सचिवालय निरक घर्तीमगर, जिल्ला सदस्य लक्षीराम घर्ती र एकिकृत माओवादीका जिल्ला सदस्य विरबहादुर केसीलाई शनिबार पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
गाउँमै खानेपानीसम्बन्धी वार्ताको बहानामा बोलाएर माओवादीले पत्रकार डेकेन्द्रलाई २०६१ असार १२ गते नियन्त्रणमा लिई साउन २७ गते हत्या गरेका थिए भनेहत्याको चार वर्षपछि पत्रकार महासंघ, राष्ट्रिय मानवअधिकार आयोगले थापाको चिहान उत्खनन् गरेपछि परिवारले कंकालको दाहसंस्कार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो