तत्काल प्रधानमन्त्री बर्खास्त गर्न राष्ट्रपतिसँग नेता महतको आग्रह

२२ पुष २०६९, आईतवार २१:३४ मा प्रकाशित

काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले त्रिशुली थ्री एको क्षमता बढाउन चिनियाँ कम्पनी गेजुवालाई अनुमति दिनु सार्वजनिक खरिद ऐन र इपीसी ठेक्का सम्झौताविपरित भएको बताउनुभएको छ । पाल्पाको तानसेनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा डा. महतले विद्युत प्राधिकरणको सञ्चालक समितिद्वारा गठित समिति र पूर्वअर्थ र उर्जामन्त्रीहरुको सुझावलाई समेत सरकारले बेवास्ता गरी अवैध ढंगले सो कम्पनीलाई अनुमति दिइएको दाबी गर्नुभयो । राष्ट्रहितविपरित अर्बौं कमिसनको खेलमा डुबेर सरकारले चिनियाँ कम्पनीलाई अनुमति दिएको उहाँको जिकीर थियो ।
उहाँले सत्ताको चरम दुरुपयोग गर्ने प्रधानमन्त्री भट्टराईलाई आर्थिक अपराधको अभियोग लगाएर राष्ट्रपतिले तत्काल बर्खास्त गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी आइतबार नै गुल्मीको तम्घासमा पत्रकारहरुसँग कुरा गर्दै नेता महतले सहमतिको नाममा देशलाई लामो समय तमासा देखाएर अन्योलमा राख्न नमिल्ने उल्लेख गर्दै एउटा दलले मैले मान्दिनँ भन्दैमा देशलाई बन्धक बनाउन हुँदैन, त्यसैले अब राष्ट्रपतिले आँट गर्नुपर्छ भन्नुभयो । डा. महतले एमाओवादी र केही मधेसवादी दलको सत्ताकब्जा गरिरहने नियत नै सहमतिको बाधक भएको पनि बताउनुभयो ।
राष्ट्रपतिले समयमै विकल्प ननिकालेर अब पनि म्याद थपको अनन्त शृङ्खला जारी राखेमा आफूहरु सडकमा जाने उहाँले चेतावनी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् ।

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर