चुनावले निकास होइन खर्च बढाउँछ : पौडेल

२२ पुष २०६९, आईतवार १८:२० मा प्रकाशित

काठमाडौं, २२ पुस । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले अहिलेको सरकारलाई सहमतिको स्वरुप दिएर सबै वाधा फुकाएर निर्वाचनमा जानु नै अहिलेको लागि सबैभन्दा सहज उपाय भएको बताएका छन् । उनले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले आगामी पुस २५ गतेसम्म सहमति नभए संविधानसभाको पुनःस्थापनामा जानु पर्ने पनि तर्क गरे । उनले भने–धेरैको चाहना पनि पुनःस्थापना नै हो । फेरि यसले खर्च बचाएर मुलुकलाई निकास पनि दिन्छ । उनले प्रधानमन्त्री भट्टराईको नेतृत्व स्विकार नहुँदा कोइरालाको विकल्प पनि स्विकार्य नहुने स्पष्ट पार्दै आफूहरुले अघि सारेको सत्तारुढ गठबन्धनबाट र स्वतन्त्र ब्यक्तिको विकल्पमा पनि दलहरु सहमति हुन नसकेको अवस्थामा पुनःस्थापना सहमतिको विन्दु हुने तर्क गरे । पौडेलले पुनःस्थापना भए फुटेका पार्टीहरु फुटेकै रुपमा मान्यता प्राप्त हुने समेत साक्षात्कारमा स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री

आजको प्रमुख समाचार