राष्ट्रपतिले निर्वाचनको सरकार गठन गर्नु पर्छ : गुरुङ

२२ पुष २०६९, आईतवार १८:१६ मा प्रकाशित

काठमाडौं, २२ पुस । नेकपा–माओवादीका सचिव देबप्रसाद गुरुङले दलहरुवीच सहमति हुन नसके राष्ट्रपतिले जेठ १४ को संविधानसभा विघठन र नयाँ निर्वाचनको सरकारको घोषणालाई बदर गर्नु पर्ने बताए । उनले भने–त्यही कदमले संविधानका धेरै धारा निष्क्रिय बने यदि राष्ट्रपति संविधानको संरक्षक हो भने सरकारको कदम बदर गर्न सक्नु पर्छ । अबको निकास संविधान उल्लघनको विन्दुबाट करेक्सन गर्नु नै हो ।
प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार विस्थापन गर्नै पर्नेमा जोड दिदै गुरुङले त्यसको लागि आन्दोलनको विकल्प नभएको दावी गरे । यद्यपि उनले सरकारको नेतृत्व भन्दा पनि सरकारले गरेको राष्ट्रघाती, जनघाती काम र भ्रष्टाचार जस्ता विषयलाई एजेण्डा बनाए सबैलाई समेटेर आन्दोलन गर्नु पर्ने उनको तर्क थियो ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको निकासको लागि राष्ट्रपतिको ठोस कदम वा आन्दोलनको विकल्प नभएको दावी गरे । म्याद थपको श्रृखलाले राष्ट्रपतिलाई खेलाउने काम मात्र भएको भन्दै यसलाई तत्काल अन्त्य गरेर राष्ट्रपतिलाई निकासको लागि नयाँ बाटो खोल्न आग्रह गर्नु पर्ने बताए ।
चुनावको घोषणा गर्ने सरकारले पुनःस्थापनाको कुरा गर्नु सत्ता लम्ब्याउने षडयन्त्र बाहेक कोही पनि नभएको दावी गर्दै यादवले सरकार लोकतान्त्रिक मुल्य मान्यता र संबैधानिक निकायलाई रिक्त गरेर सत्ता कब्जा गर्ने नियोजित चालका साथ अघि बढेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

आजको प्रमुख समाचार