‘चुनावबाट एमाओवादी भाग्दै’

२२ पुष २०६९, आईतवार १७:०७ मा प्रकाशित

काठमाडौं, २२ पुस । नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले एमाओवादी चुनावबाट भाग्न खोजेको आरोप लगाएका छन् । उनले राजधानीमा आज आयोजित कार्यक्रममा भने, ‘एमाओवादी स्वतन्त्र ब्यक्तिलाई नेतृत्व दिने र संविधानसभा पुनःस्थापनाको माओवादी प्रस्ताव बैशाखमा निर्वाचन नगराउने रणनीति हो ।’
उनले भने–दलिय ब्यवस्थामा निर्दलीय प्रधानमन्त्री हुनै नसक्ने कुरा गरेर माओवादी निर्वाचन नगर्ने राणनीतिका साथ बढेको छ । दलिय ब्यवस्थामा निर्दलीय समाधान हुनै सक्दैन । ज्ञावलीले सहमति भएको भनिएको सात बुँदे सहमति नाटकमात्रै भएको भन्दै पार्टीमा होल्ड भएका प्रचण्डले मैले गर्न सकिन भनेर भन्नु सत्ता लम्ब्याउने रणनीति अन्र्तगत नै भनिएको दावी समेत गरे । उनले थपे–प्रचण्डको अस्थिर नीतिको मुल्य राष्ट्रले चुकाईरहेको छ । अब आफूहरुले राष्ट्रपतिलाई सहमतिको नाममा म्याद थप्न आग्रह नगर्ने स्पष्ट पार्दै अब आन्दोलनमै गएर छिनो फाने गर्ने उनले चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)

जनकपुरधाम।नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अनिश्चत बनेको छ । प्रदेश अधिवेशनको उद्घाटन भएको ४ दिन भइसक्दा पनि सबै जिल्लाबाट अधिवेशन

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

आजको प्रमुख समाचार