तत्काल रकम भूक्तानी गर्न माग

२२ पुष २०६९, आईतवार १६:३० मा प्रकाशित

काठमाडौं, २२ पुस । नेकोन एयरका पुर्व पिडित कर्मचारीहरुले कम्पनीले आफुहरुलाई दिन वाँकी रकम तत्काल दिन माग गरेका छन् । पिडित कर्मचारीहरुले आज राजधानीमा पत्रकार सम्मेलन गरि नेकोन एयरले काम गरेको पैसा समेत नदिएर गरिबको पसिना लुटेको आरोप समेत लगाए ।
तल्लो तहका  कर्मचारीको १ वर्ष र माथिल्लो तहका कार्मचारी झण्डै २ वर्षको तलव तथा भत्ता कम्पनीले नदिएको कमृचारीहरुको भनाई छ । तलव भत्ता, संचयकोष, घरविदा लगाएतगरि मासिक ३५ सयका दरले १ वर्षको रकम आफुहरुलाई उपलव्ध गराइदिन उनिहरुले सवैसंग आग्रह गरेकाछन् । तलब भत्ता दिनका लागी कम्पनीलाई पटक पटक आग्रह गरेपनि सुनुवाई नगरेको नेकोन एयर सर्घष समितिका अध्यक्ष वासुदेव प्रसाद उपाध्यायले वताउनुभयो ।
नेकोन एयरसंग लिन वाकी तलवभत्ता मगिदिनका लागी प्रधानमन्त्री लगाएर अरु मन्त्रालयमा गएपनि कसैले वास्ता नगरेको पिडित कर्मचारीको गुनासो छ । प्रधानमन्त्री वावुराम भट्राइले ३ दिन भित्र रकम उपलब्ध गराइदिने वचन दिएपनि ९ महिना वितिसक्दा पनि कुनै उपलब्धी नभएको उनीहरुको भनाई  छ । आफ्नो दुखको मेहेनेत उपलब्ध गराइदिनका लागी सिडिओ देखी सवै प्रधानमन्त्री सम्म पुग्दा समेत कुनै सुनुवाई नभएपछि अन्तिम विकल्प स्वरुप पत्रकार सम्मेलन गरिएको पिडित कर्मचारी गोविन्द प्रसाद वस्ताकोटीले वताउनुभयो ।
९ वषदेखी आफ्नो तलब पाउनका लागी सर्घष गरिरहेपनि अहिले सम्म एक रुपैँया पाउन नसकेको कर्मचारीले वताएकाछन् । माओवादीको सरकार आएपछि रकम पाउने आसा जागेपनि अहिले त्यो आसा विलिन भएको एकजना पिडित कर्मचारी कोमल रायमाझीले वताउनुभयो । ‘माओवादीले मजदुरका पक्षमा केही गर्छ भन्ने लागेको थियो र भोट पनि उसैलाइ दियौं तर अहिले हामीलाई दुख पर्दा हेरेको छैन, ।’ रायमाझीले भन्नुभयो ।’ २ सय ५६ कर्मचारीलाई दिनुपर्ने  झण्डै ६ करोड रकम नेकोन एयरले नदिएको उहाँको  भनाई छ ।
आफुले काम गरेवापतको पारिश्रमिक माग्न जादा नेकोनका प्रमुख २ संचालक दिपमणी राज भण्डारी र मुकुन्द भक्त क्षेष्ठले एक अर्का प्रति सोझ्याउने र आफु वच्न खोज्ने गरेको पिडित कर्मचारीको गुनासो छ । अझ मुकुन्द भक्त क्षेष्ठले त प्रहरी प्रसासननै वोलाएर जेल हालीदिने धम्की समेत दिएको पिडित कर्मचारी रामकृण्ण चौहानले वताउनुभयो ।  श्रम विभागमा रिट हालेर श्रम विभागले पिडित कार्मचारीलाई पारिक्षमिक देउ भनेर फैसला गरेपनि आफुहरुले तलब पाउन नसकेको उहाँको गुनासो छ । ‘नेपालमा हुने खानेहरुले मात्र न्याय पाउछन,साना र निमुखाहरु जति नै पिडित बन्नुपरेपनि न्याय दिने निकाय रहेनछ, चौहानले आक्रोस पोख्नुभयो । २०४९ सालमा स्थापना भएको नेकोन एयर विविध कारण देखाउदै २०६१ साउन ३० गते वन्द भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा