प्रचण्डले खोले गोप्य प्याकेज सहमतिको पोको

२२ पुष २०६९, आईतवार ११:५२ मा प्रकाशित

काठमाडौं, २२ पुस । एमाओवादीका अध्यक्ष प्रचण्ड पछिल्लो चरणमा आएर प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउने मुडमा रहेको अनुभूति गरिएको छ । हटाउन चाहेको तर खुलेर बोल्न पनि नसक्ने अवस्थामा रहेको सञ्चारकर्मीहरुसमक्ष प्रचण्डको प्रस्तुतिबाट अनुभूति गरिएको हो । पार्टीमा बाबुराम भट्टराई हाबी हुँदै गएको र बाबुरामकै कार्ययोजनाहरु लागू हुन थालेको अवस्थाबाट प्रचण्ड भित्रभित्रै चिढिएका र अत्तालिन थालेकासमेत एमाओवादी सुत्रबाट बुझिएको छ । बाबुरामलाई प्रधानमन्त्रीका रुपमा रहिरहेको देख्न नसकेको प्रमाण्का रुपमा सञ्चाकर्मीहरुसमक्ष प्रचण्डले सार्वजनिक गरेको सातबुँदे गोप्य प्याकेज सहमतिलाई पनि लिन सकिने एक विश्लेषकको टिप्पणी छ । चार प्रमुख दलहरुबीच भएको उक्त सहमति दलहरुकै कमजोरीका कारण लागू हुन नसकेको, यदि यो लागू भएको भए बाबुराम भट्टराई प्रधानमन्त्रीबाट हटिसक्ने थिए भन्ने आसयका साथ प्रचण्डले खुलासा गरेको सातबुँदे गोप्य प्याकेज सहमति प्रस्तुत गरिएको छ ः

१)   वैशाख ३० मा निर्वाचन गर्ने ।

२।)   संविधानसभाको सदस्य संख्या ४ सय ९१ गर्ने । यसमा २ सय ४० का दरमा प्रत्यक्ष र २ सय ४० समानुपातिकतर्फ तथा ११ जना विशिष्ट व्यक्तिको स्थान राख्ने ।

३)   राष्ट्रपतिकहाँ पुगेको सत्य निरूपण र बेपत्ता छानबिन आयोग अध्यादेश पारित गराउन चार राजनीतिक दलले तत्काल सहमति दिने । र, तत्कालै आयोग निर्माण प्रक्रिया अघि बढाउने ।

४)   सेना समायोजनका हकमा केही पदाधिकारीका विषयमा अझै पनि विशेष समितिबाट औपचारिक निर्णय हुन बाँकी छ । ुभद्र सम्झौताु जस्तो मात्रै रहेको यो विषयमा तत्काल औपचारिक निर्णय गराउने ।

५)   पहिचान र सामथ्र्यका आधारमा

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउनमा प्रतिबद्धता दर्शाउने । साथै गत संविधानसभाले जुटाएको सहमतिरनिर्णयलाई त्यसको सहमति लिने र त्यसलाई निर्णयार्थ प्रस्तुत गर्ने ।

६)   निर्वाचन आयोगलाई पूर्णता दिने । [स्रोतका अनुसार नीलकण्ठ उप्रेतीलाई प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी दिने ।] र, बाँकी संवैधानिक नियुक्तिको हकमा पनि पूर्णता दिने ।

७)    संविधान संशोधनको प्रक्रियामा चारवटै प्रमुख दलसम्बद्ध वकिलहरू राखेर उनीहरूको परामर्शमा संशोधन प्रक्रिया निश्चित गर्ने । यसमा बाधा अड्काउ फुकाउ एकपटकलाई उपयोग गर्ने । यसपछि नेपाली कांग्रेसका सुशील कोइरालाकै नेतृत्वमा निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार बन्ने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालका लागि पूर्व अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई राष्ट्रपति जो बाइडेनले सहायक विदेशमन्त्रीमा नियुक्त गरेका छन् । टेप्लिजलाई

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

आजको प्रमुख समाचार