‘ध्रुवे’ जिपिएस सम्पर्कबाहिर !

२२ पुष २०६९, आईतवार ११:३३ मा प्रकाशित

काठमाडौं, २२ पुस । मार्ने भनेर खोज्न थालेको तीन साता बित्दा ध्रुबे हात्ती फेला पर्नुको साटो ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) रेडियो कलर रिसिभरको सम्पर्कबाट समेत हराएको बुझिएको छ । निकुञ्ज प्रशासन र सेनासहितको टिमले ध्रुबेलाई खोज्न थालेको आज टिक तीन साता भएको छ । ध्रुवेको घाँटीमा रेडियो कलर बाँधिएको हुँदा ऊ कहाँ छ भन्ने सूचना प्राविधिकसँग भएको रिसिभरमा देखिन्थ्यो । त्यसैका आधारमा प्राविधिकले ध्रुवेलाई पछ्याउँदै खोजी गर्दै आएका थिए ।
सम्बन्धित प्राविधिकका अनुसार जिपिएसले बढीमा पाँच सय मिटर आसपाससम्म ध्रुवे भए मात्रै देखाउँछ । तराईको चिसो मौसममा बाक्लो हुस्सु र घना जंगल भएकाले जिपिएस लोकेसनभित्र ध्रुवे रहँदा पनि प्राविधिक र सुरक्षाकर्मीको गस्ती टोलीले उसलाई पक्रन वा मार्न सकिरहेको थिएन ।
गत ३० मंसिरमा ध्रुवे हात्तीले माडीका एक दम्पतीलाई मारेपछि स्थानीय प्रशासनले उसलाई मार्ने निर्देशन दिएको थियो । त्यसपछि १ पुसबाट निकुञ्ज प्रशासन र सेनाको संयुक्त गस्तीले पक्रेर वा सोझै गोली ठोकेर जसरी सकिन्छ, त्यसरी मार्ने लक्ष्यका साथ ध्रुवेको खोजी सुरु गरेको थियो । तर, २१ दिन भइसक्दासम्म पक्रन वा मार्ने काममा गस्ती टोली सफल हुन सकेको छैन । वन तथा भू–संरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले सम्पर्कबाहिर रहेको ध्रुवे हात्तीको खोजी तीव्र रहेको जानकारी दिँदै भेटिनासाथ मारिने बताए । स्मरण रहोस्, ध्रुबेलाई मार्नुको साटो उसले उपद्रव मच्चाउन नसक्नेगरी व्यवस्थापन गर्नुपर्ने आवाज पनि यसबीच उठ्न थालेको पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९