वैदेशिक रोजगारका महानिर्देशक हटाउने प्रपञ्चमा सम्बन्धित कर्मचारी नै

२२ पुष २०६९, आईतवार ०८:२७ मा प्रकाशित

काठमाडौं, २२ पुस । वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई हटाउन म्यानपावर र अभिमुखीकरण तालिम व्यवसायीहरुले चन्दा/रकम संकलन गरेको श्रोतले उल्लेख गरेको छ । वैदेशिक रोजगार विभागमा गत वर्ष प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ठाडो नियुक्ति पाएका महानिर्देशक भट्टराईले विगतमा जेजस्ता कमी–कमजोरी गरेका भएपनि हाल विभागमा अहिलेसम्म नभएको काम गरेका छन् ।
श्रोतले जानकारी दिएअनुसार महानिर्देशक भट्टराई, निर्देशकहरु सूर्यप्रसाद भण्डारी, योगराज बराल लगायत मानवतस्करको विरुद्ध कार्य गर्दै आएका अन्य अप्ठेरा कर्मचारीहरुलाई हटाउन एजेन्ट र सम्बद्ध व्यवसायीहरुले चन्दा रकम संकलन गरेर प्रधानमन्त्री निकटसुत्र खोज्दै रकम दिने तयारीमा रहेकोे थाहा हुन आएको छ ।
महानिर्देशक भट्टराईका कारण मानव तस्करीमा लागेकाहरुले विगत एक वर्षदेखि झन्झट व्यहोर्दै आएका छन् भने कार्वाहीको दायरामा पनि परेका छन् । महानिर्देशक भट्टराईले विभागमा कार्यरत कर्मचारीलगायतकाको फोन नम्बरहरु नेपाल प्रहरीको इन्टरपोलमा जानकारी गराएको सम्बद्ध श्रोतले जानकारी दिएको छ । त्यसको अलावा अनियमित काम रोक्न विभागमा सिसिटिभि, साउण्ड रेकर्डर लगायतक अत्याधुनिक जासुसी यन्त्रहरुको प्रयोग समेत भैरहेको छ । यसको पत्तो पाएका कर्मचारीहरुले अर्कैको नामको सिमकार्ड प्रयोग गर्ने वा फोन नै नलिने वा मेरो मोवाइलको सिमकार्ड प्रयोग गर्ने गरेका छन् ।
अर्कोतर्फ मान्छेको किनबेच गरेर फोनको भरमा हजारका हात्ती छाप्ने म्यानपावर व्यवसायी, एजेन्ट, बेरोजगार, छिटो धनी हुनखोज्नेहरुले देशैभरी आतंक फैलाएका छन् । विभागमा एजेन्टहरु श्रम स्वीकृति लिनेसँगै बसेपछि तुरुन्तै श्रमस्वीकृति निस्कने गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ मा इजाजत नलिई वैदेशिक रोजगारको काम गर्न नपाइने भएपनि कर्मचारी र एजेन्टको मिलेमतोमा एजेन्टलाई लाइनमा लगाएर राजस्व काट्ने, श्रमस्वीकृति निकाल्ने, झोला भरी पासपोर्ट छिराएर व्यक्तिगत श्रमस्वीकृति निकाल्ने लगायतका गलत कार्य भने रोकिएको छैन । किनभने विभागमा महानिर्देशक भट्टराई र निर्देशकहरुलाई तल्लो तहका कर्मचारीको सहयोग छैन । अन्तिम स्वीकृतिशाखाको कम्प्युटर अपरेटरहरुलाई खालीकागजमा पोको पारेर रकम नदिएसम्म टिप्पणीको कागज र चिठी निकाली दिदैनन् एक व्यवसायी प्रतिनिधिले भने । घुषवापतको रकम कागजमा पोको पारेर कम्प्युटर अपरेटरको टाउकोमा भ्mयालबाट हानेपछि मुख हेरेर टिप्पणी र चिठी निस्कने गरेको छ । विभागका कर्मचारी, वैकका सुरक्षा निकायले देख्नेगरी व्यक्तिगत काम गर्ने एजेन्टहरु ओहोरदोहोर र लाईनमा बस्दा न सिसिटिभिले देख्न सकेको छ न त अन्य सम्बद्ध निकायले । भारतको गोरखपुरमा नेपाली खानाखान जाँदाहोटलवालाले पाखुरामा तानेर लगेजस्तै विभाग परिसरमा नयाँ मान्छे देख्नेवित्तिकै गैह्रकानुनी एजेन्टहरु पछि लाग्ने गरेका छन् । प्राय एकदम गरिब र एकदमै धनीहरुको उपस्थिति रहने विभागमा निरक्षर र गरिबहरुलाई पाइलापाइलामा ठगिरहँदा राज्य गम्भीर नहुनु दुःखको कुरा हो एक पिडितले उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार