लापार्वाहीबाट बुटवल मेलामा लाखौँ ठगी

२२ पुष २०६९, आईतवार ०७:५९ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही २२ पुस । बाल उद्यानको नाममा सम्झौता गरी मौत कुवा, रोटेपिङ, ब्यारेकडान्स, कोलम्बस लगायत मनोरञ्जनका साधन चलाएर करोडौं रुपैयाँको कारोबार गर्दा राजस्व ठगी गदै आएका एक भारतीय व्यापारीले बुटबलमा भएको मेलामा पनि ठगी गरेको खुलासा भएको छ । मूल्य अभिबृद्धि कर ऐन २०५२ अनुसार मेलामा चल्ने व्यावसायिक फर्म आन्तरिक राजस्व र्कायालयमा अस्थायी दर्ता गरी चलाउनु पर्नेमा त्यसो नगरी कारोबार गरिएको पाइएको छ ।
पुस ६ देखि १७ सम्म रुपन्देही व्यापार संघको आयोजनामा बुटवल मण्डपमा भएको लुम्बिनी एक्स्पोमा बाल उद्यान चलाएका दिल्लीका अर्जुन चौधरीले विगतदेखि नै यसैगरी काम गर्दै आएको र यो मेलामा ९ लाख रुपैंयाँ भुक्तानी गर्ने गरी सम्झौता गरेको बताए । १२ दिनसम्म चलेर गत मंगलबार सकिएको लुम्बिनी एक्स्पोमा चौधरीले सानाठूला गरी १६ प्रकारका मनोरञ्जनका साधन राखेका थिए । ती साधन प्रयोग गर्ने एकजनाले प्रतिटिकट ३० देखि ७० रुपैयाँ तिरेका थिए । रुपन्देही व्यापार संघले मेलामा ९ लाख दर्शक आएको बताएको थियो । त्यस हिसाबमा चौधरीले २ करोड रुपैयाँको कारोबार गरेको मेला आयोजक समितिका एक सदस्यले बताए । दुई करोड कारोबारमा २६ लाख रुपैयाँ भ्याट मात्र तिर्नुपर्छ । यसबाहेक आयकर छुट्टै तिर्नुपर्ने हुन्छ । मेला आयोजक रुपन्देही व्यापार संघका अध्यक्ष टंक पोखरेलले विगतदेखि व्यक्तिगत रुपमा सम्झौता हुँदै आएकाले यसपटक पनि सम्झौता गरेर गल्ती गरेको बताए । चौधरीले भने ब्यक्तिगत सम्झौता गरेर संञ्चालन गर्ने गरेको बताएका छन् । उनले नेपालका बिभिन्न स्थानमा हुने प्रदर्शनीमा लाखौँ रकम यस्तै तरिकाले ठगी गदै आएका छन् । तर, राजस्व कार्यालयले भने यस्ता कार्यप्रति बेवास्ताका कारण यस्तो समस्या आउने गरेको स्थानीय ब्यापारीको भनाई रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय