सहकारी शेयर सदस्यका लागि २ लाखको बिमा प्रस्ताव

२२ पुष २०६९, आईतवार ०७:५४ मा प्रकाशित

रुपन्देही, २२ पुस । आँगन वचत तथा ऋण सहकारी संस्था बुटवलले शेयर सदस्यहरुका लागि २ लाख वरावरको बिमा प्रस्ताव पास गरेको छ । सहकारीको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसनले शेयर सदस्यहरुको जोखिम न्यूनिकरणका लागि बिमा प्रस्ताव पास गरेको हो ।
त्यस्तै, मष्तिस्क पक्षघात भई उपचारार्थ रहेका संस्थाका शेयर सदस्य तथा व्यबस्थापक निराजन ज्ञवालीलाई उपचार सहयोगार्थ ५१ हजार सहयोग गर्ने पनि निर्णय गरेको छ । यसका अलवा ज्ञवालीको उपचारार्थ शेयर सदस्यहरुले व्यक्तिगत रुपमा पनि सहयोग संकलन गरिएको संस्थाका अध्यक्ष यमप्रसाद तिवारीले बताए ।
संस्थाले वचतमा १० प्रतिसत र ऋणमा १६ प्रतिसत रहेको व्याजदरलाई परिवर्तन गर्दै माघको १ गतेदेखि लागुहुने गरी वचतमा ८ प्रतिसत र ऋणमा १३ प्रतिसत बनाएको छ । संस्थाले संस्थाको शेयर पुँजी तरल लगानीमा वचत, निक्षप र बाह्य ऋण, संस्थागत पुँजी स्थिर सम्पत्तिमा लगानी गर्ने नीति पनि अख्तीयार गरेको छ । जसका लागि धितोमा ३ देखि ५ लाख सम्म ऋण प्रवाह गर्ने साधारण सभाले पास गरेको छ । यसका अतिरिक्त कृषि तथा सहकारी मन्त्रालय सहकारी विभाग, डिभिजन सहकारी कार्यालयको निर्देशन सुपरिवेक्षणका साथै संस्थाको विनिमयको परिधिमा रही सम्भाव्य योजनाहरु कार्यान्वयन गर्दै अगाडी बढ्न पनि साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
शनिबार नै सम्पन्न सो सहकारीको दोस्रो अधिवेसनले पून यमप्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिती निर्बिरोध चयन गरेको छ । ९ सदस्यीय समितीको उपाध्यक्षमा मदन अधिकारी, सचिवमा राजेन्द्र घिमिरे, कोषाध्यक्षमा सुरेन्द्र अधिकारी निर्बिरोध भएका छन् । त्यस्तै लेखा समितीको संयोजकमा ध्रुवराज अर्याल निर्बिरोध भएका छन् । समितिको सदस्यहरुमा बिष्णु गौतम, गोपालप्रसाद न्यौपाने, रितेस ज्ञवाली, बिष्णु पौडेल र नरदेव न्यौपाने निर्बिरोध भएको निर्वाचन आयुक्त गणेशचन्द्र पोखरेलले जानकारी दिए ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा