महिला हिंसाका घटना बढेकोमा अखिलको ध्यानाकर्षण

२२ पुष २०६९, आईतवार ०७:५३ मा प्रकाशित

रुपन्देही, २२ पुस । अनेरास्ववियु रुपन्देहीले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियुले आज एक विज्ञप्ती जारी गरी देशका विभिन्न ठाउँमा महिलामाथि हत्या, आक्रमण, कुटपिट र बलात्कार जस्ता जघन्य अपराधका घटना घटेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संगठनका जिल्ला अध्यक्ष सरोज पोखरेलद्वारा जारी विज्ञप्तीमा महिलामाथि हिंसाका घटना बढेपनि पीडकहरुलाई कुनै कारवाही नहुनु आश्चर्यजनक रहेको भन्दै तत्काल घटनाका दोषीहरुलाई पक्राउ गरी कानुनी कारवाही थाल्न सरकारसँग आग्रह गरेको छ ।
घटनामा संलग्नलाई कारवाही नगरिए यस्ता घटना फेरि बढ्न सक्ने भन्दै अनेरास्ववियुले घटनाको विरोधमा महिला संगठन तथा अधिकारकर्मीहरुले सञ्चालन गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२

आजको प्रमुख समाचार