महासेनानी लामालाई रिहा गर्न कांग्रेसको अपिल

२१ पुष २०६९, शनिबार १९:२२ मा प्रकाशित

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसले नेपाली सेनाका कर्णेल कुमार लामालाई बेलायती प्रहरीले पक्राउ गरेकोमा विरोध जनाउँदै लामालाई तत्काल रिहा गर्न बेलायत सरकारसँग आग्रह गरेको छ । रिहाईका लागि पहल गर्न नेपाल सरकारलाई पनि कांग्रेसले झक्झक्याएको छ ।
कांग्रेस कार्यालयका मुख्य सचिव वसन्तकुमार गौतमले शनिबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै लामालाई प्रमाणित आधार र कुनै सूचनाबिना तथाकथित यातना दिएको भनी गरिएको गिरफ्तारी स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकलाई स्वीकार्य हुन नसक्ने कांग्रेसको ठहर रहेको जनाएका छन् । गिरफ्तारीप्रति गहिरो खेद प्रकट गर्दै महासेनानी लामाको तत्काल रिहाईको लागि बेलायत सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको

चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार