बलात्कारपीडिताका मित्रको अन्तरवार्ता प्रशारित गरेपछि…

२१ पुष २०६९, शनिबार १९:०९ मा प्रकाशित

रासस/एएफपी, २१ नयाँ दिल्ली । नयाँ दिल्लीमा सामूहिक बलात्कार भएकी एक छात्राका युवक मित्रसँग अन्तर्वार्ता लिइ प्रसारण गरेको भनी हिन्दी भाषाको जी न्युज च्यानलमाथि भारतीय प्रहरीले शनिबार अदालतमा एक मुद्दा दायर गरेको जानकारी दिएको छ।
यस घटनाका विषयमा शुक्रबार एक फौजदारी अभियोग दायर भएको थियो। प्रहरीका अनुसार यस अन्तर्वार्ताका कारण पीडितको पहिचान बाहिर आउने र यसले पीडितको परिचय गोप्य रहनुपर्छ भन्ने कानुनी व्यवस्था उल्लङ्घन भएको छ।
अन्तर्वार्ता प्रसारण हुँदा यी युवकमित्रको मुख राम्रोसँग देखाइएको थिएन। उनले डिसेम्बर १६ का रात भएको डरलाग्दो घटनाको विषयमा जानकारी दिएका थिए। उक्त रात उनीहरूले दिल्लीको दक्षिणी भागमा सिनेमा हेरी घर फर्कन एक निजी बस चढेका थिए।
उनीहरूले बस चढेपछि यी युवक तथा २३ वर्षीया छात्रामाथि आक्रमण भएको थियो, छात्रामाथि सामूहिक बलात्कार भएको थियो र उनीहरूलाई हत्या गर्न फलामको छडले हानिएको थियो। यी छात्राको शरीरको भित्रीभाग निकै छतिग्रस्त भएकाले उनको गत साता मृत्युभएको थियो।
प्रहरी प्रवक्ता राजन भगतले भारतको अपराध संहिताको दफा २२८ ९क० अनुसार जी न्युजमाथि मुद्दा दायर गरिएको र यो दफाले बलात्कारको घटनामा पीडित व्यक्तिको पहिचान खुलाउन नहुने व्यवस्था गरेको जानकारी दिनुभयो।
यी युवकमित्रले घटनास्थलमा रहेका प्रहरीको काम, उनीहरूले घाइतेलाई अस्पताल पुरयाएको समय र तरिका तथा उनीहरूले उक्त अपराध कसको जिम्मेवारीमा पर्छ भनी गरेको विवादका विषयमा निकै आलोचना गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

आजको प्रमुख समाचार