फेरि थपियो म्याद, समस्या निकासका लागि राष्ट्रपति कानूनी बाटो खोज्दै

२१ पुष २०६९, शनिबार १८:५५ मा प्रकाशित

काठमाडौं, २१ पुस । सहमतिका लागि पटक–पटक म्याद थपेर राष्ट्रपतिले मर्यादित संस्थालाई नै पङ्गु तुल्याउन थालेको आक्षेप लाग्न थालेकै परिवेशबीच राष्ट्रपति रामवरण यादवले राजनीतिक दलहरुलाई पुनः पाँच दिन म्याद म्याद थपिदिएका छन् । शनिबार बिहान प्रमुख दलहरुसँग भएको छलफलका क्रममा नेताहरुले अन्तिम पटकका लागि भन्दै पाँच दिन म्याद मागेको शितल निवास सुत्रले जनाएको छ । दलहरुको आग्रहलाई स्वीकार गर्दै राष्ट्रपति यादवले आठौँ पटक म्याद थपिदिएका हुन् ।
तथापि, अन्तिम भनिए पनि यो अवधि अन्तिम हुनेमा भने विश्लेषकहरुले आशंका व्यक्त गरेका छन् । दलहरुको आफ्ना अडान यथावत रहेको र सत्तारुढ दलहरु सहमतिका लागि किञ्चित लचक नदेखिएको अवस्थाबीच दलका नेताहरुले भने यसपटक सहमतिमा पुगिने हास्यास्पद दाबी गरेका छन् ।
यसैक्रममा राष्ट्रपति दलहरुको रवैयाप्रति असन्तुष्ट बनेको बसझिएको छ । यही उपक्रमबाट सहमति नजुट्ने र जनतामा असन्तुष्टि बढ्दै जाने सोचका साथ राजनीतिक समस्या निकासका लागि कानूनी उपाय अवलम्वन गर्न संवैधानिक आधारको खोजीमा राष्ट्रपतिले आफूलाई केन्द्रित गर्न लागेको बुझिएको छ । यसका लागि शनिबार साँझ संवैधानिक कानूनका ज्ञाता डा. भीमार्जुन आचार्यलाई शितल निवास बोलाएर राष्ट्रपतिले परामर्श गरेका छन् । यो क्रमलाई उनले निरन्तरता दिने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार