जातीय सद्भाबका लागि महायज्ञ आयोजन

२१ पुष २०६९, शनिबार १६:४६ मा प्रकाशित

बुटवल, २१ पुस । जातिय सद्भावका लागि शनिबारदेखि बुटवलमा श्रीमदभागवत महायज्ञ शुरु भएको छ । क्षत्री समाज नेपाल रुपन्देहीको आयोजनामा शुरु भएको महायज्ञको समाजसेवी बयोबृद्ध जयबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै समाजसेवी भण्डारीले आफुले समाजिक विकासका लागि तन, मन र धन लगाएको चर्चा गर्दै समाजको विकासका लागि पवित्र भावनाले अघि बढ्नुपर्ने बताउनु भयो । उहांले क्षत्री समाजले अघिसारेको उदेश्यहरु प्रशंसनीय भएको भन्दै आफु र आफ्ना छोराहरुको सहयोगमा समाजले अपेक्षा गरेअनुशारको दान गर्ने घोषणा गर्नुभयो ।

महायज्ञ मुल समितिका संयोजक एवं जिल्लाअध्यक्ष लेखबहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बोल्दै क्षत्री समाजका केन्द्रिय अध्यक्ष दिलबहादुर क्षेत्रिले आफुहरु यतिवेला जातिय सद्भावको अभियानमा रहेको बताउनुभयो । उहांले क्षत्रीहरु सबैको सहअस्तित्व र समान अधिकारको पक्षमा रहेको भन्दै कुनै जातीको हुदैमा उसका अधिकारहरु कटौती हुनु आफुहरुका लागि स्वीकार्य नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा महासचिब कुमार खड्का, मूलकर्ता गुणनीधि पन्थी, समाजका वरिष्ठ उपाध्यक्ष गुप्त बहादुर केसी, सचिब लिलबहादुर क्षेत्री, शिव अधिकारी, लगायतले बोलेका थिए भने महायज्ञको उद्घाटनअगाडि बुटवलमा बृहत शोभा कलश यात्रा निकालिएको थियो । जातीय सद्भाव कायम गर्ने तथा बहुउद्धेश्यीय भवन निर्माणका लागि महायज्ञ शुरु गरिएको समाजले जनाएको छ ।
महायज्ञमा पुस २८ गतेसम्म वाचनप्रविण पण्डित दिनबन्धु पोखरेलको टोलीले संगीतमय कथा बाचन गर्नेछ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा