पत्रकार हत्याका अभियुक्त पक्राउ

२१ पुष २०६९, शनिबार १६:०५ मा प्रकाशित

काठमाडौं, २१ पुस । ८ वर्षअघि तत्कालीन माओवादीका कार्यकर्ताद्वारा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको हत्याभियोगमा दैलेख प्रहरीले ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । २०६१ साउन २७ गते दैलेखको द्धारि गाविस वडा नं १ स्थित नेपाल राष्ट्रिय निम्न माविमा निर्घात कुटपिट गरी थापाको हत्या गरिएको थियो । प्रहरीले जनाएअनुसार पक्राउ पर्नेमा लक्षीराम घर्ती, जयबहादुर साही, बीरबहादुर केसी, निरक घर्तीमगर र हरिलाल पुनमगर छन् । मृतक डेकेन्द्रकी पत्नी लक्ष्मीले ४ बर्षअघि दैलेख प्रहरीलाई दिएको किटानी जाहेरीका आधारमा उनीहरु पक्राउ परेका हुन् । किटानी जाहेरीमा नाम उल्लेख भएका केशव खड्का, बमबहादुर खड्का मुक्ति र बमबहादुर खड्काको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार