सिरियामा मर्नेको संख्या साठी हजारभन्दा बढी

२१ पुष २०६९, शनिबार १४:२५ मा प्रकाशित

एजेन्सी/ २१ पुस । सिरियामा सन् २०११को मार्चमा विद्रोह सुरु भएयता ६० हजारभन्दा बढी मानिसले ज्यान गुमाएको तथ्यांक संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको छ । संयुत्त, राष्ट्र मानवाधिकार आयुक्त नवी पिल्लईको निर्देशनमा सात विभिन्न स्रोतलाई आधार बनाएर उक्त आँकडा सार्वजनिक गरिएको हो ।
यसअघि सिरियाका बिद्रोही समूहले करिब पैंतालिस हजार मानिहरु मरिएको अनुमान गरेको थियो । पिल्लईले अनुमानभन्दा निकै बढी मानिसको ज्यान गएको बताएका छन् । संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा यो विवरण खुलाइएको छैन कि मर्नेहरुमा कति सरकारी सैनिक, कति बिद्रोही र कति सर्वसाधारण छन् । तर, ७६ प्रतिशत मृतक पुरुष भएको चाहिँ खुलाइएको छ ।
सिरियामा व्यवस्था सुधारको माग गर्दै सरकारको विरोधमा फेव्रुअरी २०११ देखि प्रदर्शन सुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको

चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

आजको प्रमुख समाचार