चाभेजको स्वास्थ्यस्थिति बारे अनेक आशंका

२१ पुष २०६९, शनिबार १४:१९ मा प्रकाशित

एजेन्सी/ २१ पुस । भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजको फोक्सोमा गम्भीर प्रकृतिको संक्रमण भएको एजेन्सीहरुले जनाएका छन् । ५८ वर्षका चाभेजको गत ११ डिसेम्बरमा भएको अपरेशनपछि थप समसया निम्तिएको बताइएको छ । उपचारका लागि गरिएको उक्त चौथो अपरेशनपछि उनको स्वासनलीमा गम्भीर संक्रमण उत्पन्न भएको छ ।
भेनेजुयलाका सूचनामन्त्री एरनेस्टो विलिग्यासले संक्रमणका कारण चाभेजलाई सास फेर्न गाह्रो भइरहेको अभिव्यक्ति दिएका छन् । स्मरण रहोस्, चाभेजले आगामी १० तारिखका दिन राष्ट्रपतिका रुपमा फेरि सपथ लिनुपर्ने छ ।
हवानामा भएको अपरेशनपछि चाभेज सार्वजनिक रुपमा कतै देखापरेका छैनन्, जसका कारण अनेक तरहका चर्चा चल्दैआएको छ । सूचनामन्त्री लगायत चाभेजका निकट मित्रहरुले उनको स्वास्थ्यस्थितिका बारेमा अनेक भ्रम फैलाइएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले एकलौटी गर्न खोज्दा रौतहटमा तनाव भएको छ। देउवा समूहका सभापति कृष्ण यादव र

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भइरहेको प्रदेश अधिवेशनको मतदानका क्रममा विवाद भएको छ । १ नम्बर प्रदेशको

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि