किन पक्राउ परे व्यवसायी बस्नेत ?

२१ पुष २०६९, शनिबार १३:५० मा प्रकाशित

काठमाडौं, २१ पुस । १० करोड रुपैयाँभन्दा बढी ठगी गरेको उजुरीका आधारमा प्रहरीले सुधीर बस्नेतलाई पक्राउ गरेको छ। अग्नि एयरलायन्सका सञ्चालक समेत रहेका बस्नेतले अपार्टमेन्टका लागि विभिन्न व्यक्तिहरुसँग रकम लिएर लामो समयसम्म पनि अपार्टमेन्ट उपलब्ध गराउन नसकेपछि ठगको लाञ्छनासहित हनुमानढोकामा थुनिनु परेको हो । उनीमाथि १० करोड रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी परेको छ ।
बस्नेतका दर्जनभन्दा बढी हाउजिङ तथा अपार्टमेन्ट परियोजनाले ग्राहकलाई प्रतिबद्धताअनुसार घर तथा अपार्टमेन्ट उपलब्ध गराउन नसकेको भनी निकै समय अघिदेखि नै आलोचना हुँदै आएको थियो । उनका निर्माणाधीन तीनवटा हाउजिङ तथा अपार्टमेन्ट परियोजनाहरु आर्थिक अभावका कारण अलपत्र परेका छन् । समयमा घर दिन नसकेपछि रकम फिर्ता माग्ने ग्राहकहरुलाई उनले दिएको चेक बाउन्स भएकाले ठगीको मुद्दा लागेको बुझिएको छ । बस्नेतको नाउँमा विभिन्न वित्तीय संस्थाबाट लिइएको करिब साढे २ अर्ब रुपैयाँ ऋण छ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार