एमाले कांग्रेस कोइरालाकै पक्षमा

२१ पुष २०६९, शनिबार १२:०६ मा प्रकाशित

काठमाडौं, २१ पुस । सत्ताधारी दलहरु र विशेषगरी प्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री स्वीकार गर्न नसकिने तर्क गर्दै नागरिक समाजका स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठनको प्रस्ताव गरे पनि दुई मुख्य प्रतिपक्षी कांग्रेस र एमालेले गैरराजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठनलाई अस्वीकार गर्दै कांग्रेस सभापति सुशील कोइरालालाई नै सहमतीय प्रधानमन्त्रीमा अघि सार्ने निर्णयप्रति प्रतिवद्धता जनाएका छन् । एमाले मुख्यालयमा बसेको दुई दलका नेताहरूको बैठकले कामचलाउ सरकारलाई सत्तामा टिकाइराख्ने मनसायपूर्वक गैरराजनीतिक व्यक्तिको नेतृत्वको प्रस्ताव आएको ठहर गर्दै कोइरालाको नेतृत्वमा सरकार गठन गरिनुपर्ने निर्णय दोहोरयाएका हुन् ।
प्रमुख तीन दल सरकारको नेतृत्वबारे सहमति नजिक पुगे पनि प्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने अडान राखेपछि सातौँपटकससम्म थपिएको समयसीमा भित्र पनि निकासबारे सहमति हुन सकेको छैन भने माओवादीले नयाँ–नयाँ प्रस्ताव ल्याएर वैशाखमा चुनाव नगर्ने नियत देखाएको छ । सहमतीय प्रधानमन्त्रीको नाम चयन गर्न सातौँपटक थपिएको समयसीमा पनि शुक्रबार सकिएपछि राष्ट्रपति रामवरण यादवले आज शनिबार प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार