प्रधानसेनापति भोली भारत प्रस्थान गर्दै

२१ पुष २०६९, शनिबार ०२:३४ मा प्रकाशित

काठमाडौं, २१ पुस । छिमेकी देश भारतका स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहको निमन्त्रणमा प्रधानसेनापति गौरवशमशेर जबरा आइतबार भारत भ्रमणमा निस्कन लागेका छन् । दश दिवसीय भारत भ्रमणका क्रममा प्रधानसेनापति जबरालाई भारतका राष्ट्रपतिबाट भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानसेनापति जबराले भारतका स्थलसेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना प्रमुख तथा भारत सरकारका उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको बुझिएको छ । भ्रमण दलमा प्रधानसेनापतिसहित ६ सदस्य रहने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार