पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

१४ चैत्र २०६८, मंगलवार ०९:३२ मा प्रकाशित

काठमाडौ, १४ चैत । पेट्रोलिय पदार्थको भाउ फेरि बढेको छ । गएराति बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर चार–चार रुपैँया बढाउने निर्णय गरेको हो । उपभोक्ताले अब पेट्रोलको लागि प्रतिलिटर १ सय २० रुपैयाँ तिर्नुपर्ने भएको छ । यसैगरी डिजेल र मट्टीतेलको मुल्य ८९ पुगेको छ । नेपाल आयल निगमका प्रवक्ता मुकुन्द ढुङ्गेलले अन्तरर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेकोले नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ बढाउनुपरेको बताउनुभयो । उहाँका अनुसार निगमको घाटापूर्ति गर्न भाउ बढाउने निर्णय गरिएको हो । खाना पकाउने ग्याँस र हवाई ईन्धनको भने मूल्य नबढाइएको प्रवक्ता ढुङ्गेलले जानकारी दिनुभयो । यसअघि गएको १२ गते पनि पेट्रोल, डिजेल, मट्टीतेल र हवाई ईन्धनमा चार–चार रुपैयाँको दरले निगमले भाउ बढाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार