पूर्वसभासद् शाहलाई सार्वजनिक मुद्दा

२१ पुष २०६९, शनिबार ०२:२२ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २१ पुस । भन्सारका कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्वसभासद् अभिषेकप्रताप शाहलाई जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपराधअन्तरगत तीन दिनको लागि प्रहरी हिरासतमा राख्ने आदेश दिएको छ । शाहलाई कृष्णनगर क्षेत्रबाट गत बिहिबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।
उनीमाथि प्तस्करी गहुँदाहुँदै प्रहरीले पक्राउ गरी कृष्णनगर भन्सार कार्यालयमा बुझाएको राँगालाई जवरजस्ती छुटाएको र भन्सारका कर्मचारीलाई गालीगलौज गरेको उजुरी परेको थियो ।
पूर्वसभासद् शाहले भने भन्सारमा हुने भष्ट्राचारविरुद्धमा आवाज उठाएकोले आफूमाथि प्रहरीप्रशासन खनिएको आक्षेप लगाएका छन् ।
मधेशी जनाधिकार फोरम नेपालका नेतासमेत रहेका शाहलाई प्रशासनले थप ३ दिन हिरासतमा राख्ने आदेश दिएको विरोधमा कार्यकर्ताहरुले धर्ना र नाराबाजी गरेका छन् । शाहको पक्राउको विरोधमा उत्रिएका फोरम कार्यकर्ता र प्रहरीबीच शुक्रबार कपिलवस्तुमा झडपसमेत भएको थियो । झडपमा मधेशी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष अब्दुल रसिद खां सहित ६ जना कार्यकर्ता घाइते भएका छन् । प्रहरीतर्फ पनि करिब ६ जना घाइते भएका छन् ।
यसैबीच फोरम नेपालले एक विज्ञप्ति जारी गरी पूर्वसभासद शाहविरुद्ध लगाएको मुद्धा खारेजीको माग गरेको छ । फोरमका प्रवक्ता रत्नेश्वर लाल कायस्थले एक विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्र्तामाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

आजको प्रमुख समाचार