रुरु क्षेत्रमा सिमेन्ट–छड प्रयोग गर्न निषेध

२१ पुष २०६९, शनिबार ०२:०७ मा प्रकाशित

गुल्मी, २१ पुस । नेपाल सरकारका मुख्यसचिव लिलामणि पौडेलले धार्मिक एवं अन्य ऐतिहासिक सम्पदा संरक्षण र निर्माणमा स्थानीय साधन–श्रोतको प्रयोग गर्न जोड दिएका छन् । गुल्मीको पवित्र धार्मिक क्षेत्र रुरुमा हालै निर्मित देवदूत पार्कको उद्घाटन गर्दै मुख्यसचिव पौडेलले यस्तो बताएका हुन् ।
गुल्मी जिल्लामा रहेको धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाहरु जे–जति छन् तिनीहरुको भौतिक पुर्वाधारको सुधार तथा ऐतिहासिक आध्यात्मिक क्षेत्रलाई पर्यटनको माध्यमद्धारा जनताको जिवनस्तरसँग जोड्नुपर्नेमा उनले जोड दिए । धार्मिक, साँस्कृतिक सम्पदा हाम्रा अमुल्य निधी भएको भन्दै उनले त्यसले हाम्रो सांस्कृतिक् मान्यतालाई परिस्कृत ब्नाउन सक्नुपर्ने र मानवीय जीवनलाई सरल बनाउनु पर्ने उनको धारणा थियो । रुरु क्षेत्र लगायत पवित्र धार्मिक क्षेत्रमा स्थानीय ढङ्गले दैनिक पुजाआजा गर्ने थलो मात्र नबनाई बढीभन्दा बढी तिर्थालु भक्तजन आउने स्थलका रुपमा विकास गर्न स्थानीयवासी लाग्नुपर्ने उनको सुझाव थियो ।
यतिवेला नेपाल सरकारले मठ मन्दिर एवं पर्यटकीय स्थलहरुमा सिमेण्ट र छडको प्रयोगमा रोक लगाएको उल्लेख गर्दै आगामी दिनमा स्थानीय ढुङ्गा–माटो प्रयोग गर्न जिल्लावासीलाई उनले सुझाव दिए  ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार