‘बाबुराम र सुशिलमा सहमति नहुने निश्चित’

२० पुष २०६९, शुक्रबार १७:०७ मा प्रकाशित

काठमाडौ, २० पुस । एकीकृत नेकपा माओवादीका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री डा बाबुराम भट्टराई र नेपाली काग्रेसका सभापति सुशिल कोइरालाको नेतृत्वमा सहमति बन्ने निश्चित भएकोले आफूहरुले स्वतन्त्र ब्यक्तिको नेतृत्वको प्रस्ताव अघि सारेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने–राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले पनि सुशिलजीको नेतृत्व हुन दिदैन । त्यसैले उहाँको नेतृत्वको सम्भावना अन्त्य भईसक्यो । सहमतिको लागि समय थोरै छ त्यसैले अब हामिले पनि बाबुरामजी भनेर मात्रै हुँदैन ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा गजुरेलले अहिले अडान लिएर बस्ने बेला नभएको भन्दै जे र जसको नाममा सहमति हुन्छ त्यसैमा सहमति गरेर निर्वाचनमा जानु पर्ने धारणा राखे ।
स्वतन्त्र ब्यक्तिको नेतृत्वको प्रस्ताव एमाओवादीको पनि चाहना नभएको स्पष्ट पार्दै उनले पुस २५ गतेभित्र सहमति नभए बैशाख जेठमा निर्वाचन हुन नसक्ने भएकोले मुलुकलाई निकास दिन माओवादीले त्यस्तो प्रस्ताव ल्याएको बताए ।
साक्षात्कारमा नेपाली काग्रेसका नेता मनमोहन भट्टराईले नेपाली काग्रेसले सभापति सुशिल कोइरालाको नेतृत्वको विकल्प नदिने स्पष्ट पारे । उनले लोकतन्त्रमा दलको नेतृत्वको विकल्प नहुने स्प्ष्ट पार्दै स्वतन्त्र ब्यक्ति काग्रेसलाई स्विकार्य नहुने बताए ।
भट्टराईले भने–बहुदलीय प्रणालीमा स्वतन्त्र ब्यक्ति स्विकार्य हुँदैन पनि र कसैले टेर्दैनन पनि । उनले निकासको लागि राष्ट्रपति डा रामबरण यादवले सकारात्मक राजनीतिक हस्तक्षेप गर्नु पर्ने भन्दै त्यो नभई मुलुकले संबैधानिक र राजनीतिक संकटबाट मुलुकले निकास पाउनै नसक्ने ठोकुवा गरे ।
मोहन बैद्य, गुरु एसडी मुनीले प्रधानमन्त्रीलाई भारतपरस्त भनेको कुरालाई उल्लेख गर्दा आफूमाथि औला ठ्डयाउने प्रधानमन्त्री र गृहमन्त्रीले चेलीहरुको अस्मिता लुटिदा केही भन्नु पर्दैन भनि आलोचना समेत गरे ।
नेकपा एमालेका नेता भीम रावलले काग्रेस सभापति सुशिल कोइरालाको नाम मागेर अहिले हुँदैन भन्नु माओवादीको राजनीतिक बेमानी भउको भन्दै अलिकति पनि ईमान्दारिता भए मान्नु पर्ने बताए । उनले सहमति गर्ने भए प्रधानमन्त्री नराखी सहप्रधानमन्त्री राखेर पनि अघि बढ्न सकिने भन्दै त्यसो नभए पूर्व प्रधानन्यायाधिसको नेतृत्वमा सहमति गरेर पनि मुलुकलाई निकास दिन सकिने दावी गरे । रावलले आफूले पार्टीको केन्द्रीय कमितिको बैठकमा समेत सो प्रस्ताव राखिसकेको जानकारी दिए ।
एमाओवादीको कुनै पनि प्रस्तावमा आफूहरुलाई विश्वास नभएको भन्दै स्वतन्त्र ब्यक्तिको नेतृत्वका प्रस्तावमा पनि विश्वास नभएको रावलले बताए । उनले भने–स्वतन्त्र ब्यक्तिको प्रस्ताव बास्तविक हो भने माओवादीले केन्द्रीय कमिटिको बैठकबाट निर्णय गर्नु पर्छ , सत्तारुढ दलहरुले निर्णय गर्नु पर्छ । सत्तारुढ गठबन्धनले सामूहिक निर्णय गर्नु पर्छ । त्यसो गरे छलफलको विषय हुन सक्छ नभए पत्याईदैन किनकी उनीहरुको बोली विहान एउटा र साँझ अर्कै हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनगढी।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायरको जीत सुनिश्चित भएको छ । प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७

काठमाडौं संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न एकता महाधिवेशनबाट

आजको प्रमुख समाचार