बझाङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङख्या ७ पुग्यो

१४ चैत्र २०६८, मंगलवार ०९:३१ मा प्रकाशित

काठमाडौ, १४ चैत । बझाङमा हिजो भएको जीप दुर्घटनामा परी मर्नेको संख्या ७ पुगेको छ ।  सदरमुकाम चैनपुरबाट मौरीबगरतर्फ आउदै गरेको से १ च ३५१ न को जिप रिठापाता गाविसको बिमानस्थल नजिक दुर्घटनाग्रस्त भएको हो । जीप दुर्घटनामा परी बझाङ चैनपुर ६ डाँगा गाँउका केसु रोकाया, बझाङगकै रिठापाता ६ का निनेस खड्का, भैरबनाथ ६ का एक वर्षिया बालक  मकराज गिरी, भैरव नाथका  गोरख गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै डडेल्धुराका बझाङमाा कार्यरत सशस्त्र  प्रहरी नायव निरिक्षक हरिदत्त भट्टको पनि मृत्यु भएको  छ । उपचारको क्रममा बझाङको सनपसेला २ का अमलादेवी जपे्रल र सनपसेला २ कै दमन जप्रेलको पनि मृत्यु भएपछि मृत्यु हुनेको संख्या ७ पुगेको हो  । क्षमताभन्दा धेरै यात्रुहरु भएकाले जीप दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । चालक सहित ३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार