प्रधानमन्त्री दलका नेताहरुबाटै हुनुपर्छ : एमाले

२० पुष २०६९, शुक्रबार १६:१५ मा प्रकाशित

काठमाडौ, २० पुस । नेकपा एमालेले राजनीतिक दलका नेताहरुबाटै प्रधानमन्त्री चयन हुनु पर्ने बताएको छ । उसले  बाहिरबाट स्वतन्त्रको व्यक्तिको नेतृत्वमा सरकार गठन गर्दा राजनीतिक निकास सम्भव नहुने निष्कर्ष निकालेको छ ।
पार्टी मुख्यालय बल्खुमा आज बसेको स्थायी समितिको बैठकले राजनीतिक सहमतिकै आधारमा सहमतीय सरकारको नेतृत्व गर्ने विषयमा टुङगो लगाउनुपर्ने निर्णय गरेको छ । एमालेले यसअघि प्रतिपक्षी दलहरुको साझा उम्मेद्वारको रुपमा नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालालाई दिइएको समर्थन यथावत् रहेको पनि जनाएको छ ।
यसैगरी बैठकले यही पुस २५ गते देशव्यापी रुपमा महिला हिंसाको विरोधमा प्रदर्शन गर्ने र सरकारले विभिन्न विषयमा गरेको निर्णयहरुप्रति आपत्ति जनाउँदै त्यसको विरोधमा सङगठन परिचालन गरी विरोध जनाउने पनि एमालेले निर्णय गरेको बैठक पनि सचिव शङकर पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास