‘राष्ट्रपति बाहेक अरुले निकास दिन सक्दैन’

२० पुष २०६९, शुक्रबार १६:१२ मा प्रकाशित

काठमाडौ, २० पुस । युवा संघ नेपालले राष्ट्रपति बाहेक अरुले मुलुकलाई निकास दिन नसक्ने भन्दै निकास दिनेगरी आवश्यक कदम चाल्न राष्ट्रपतिसंग आग्रह गरेको छ ।
संघले राष्ट्रपति रामवरण यादवलाई आज ज्ञापनपत्र बुझाउँदै यस्तो बताएको हो । सहमतिका लागि पटक पटक समय दिँदा पनि निकास निस्कन नसक्दा राजनीति गम्भीर मोडतिर अघि बढेको युवा संघको ठहर राष्ट्रपतिलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । उसले राष्ट्रपतिले पटक पटक समय दिँदा पनि दलहरुले सहमति नगरेकामा आफू दुःखी भएको बताएको युवा संघका महासचिव निरज आचार्यले जानकारी दिए । आफु देशको राजनीति प्रति अत्यन्त गम्भीर र चिन्तित भन्दै राष्ट्रपतिले लोकतान्त्रिक गणतन्त्र बचाउन र नयाँ चुनावका लागी संबैधानिक सीमा भित्रबाटै आवश्यक कदम चाल्ने आश्वासन दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार