त्रिशुली ३ “ए” को क्षमता ६० बाट ९० पुग्यो

२० पुष २०६९, शुक्रबार १३:४० मा प्रकाशित

काठमाडौं, २०  पुस । सरकारले नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको क्षमता बढाइएको छ । लामो समयदेखि आयोजनाको क्षमता बढाउने वा नबढाउने विवाद रहँदै आएको पनि हिजो बसेको मन्त्रिपरिषद्ले क्षमता बढ्नु उपयुक्त भएको बताउँदै आयोजनाको क्षमता ६० मेगावाटबाट ९० मेगावाट पुर्‍याइएको हो ।
भौतिक योजना, निर्माण तथा यातायातमन्त्री हृदेश त्रिपाठीले मन्त्रिपरिषद्ले त्रिशूली ३ ‘ए’ आयोजनाको स्तर वृद्धि गर्ने निर्णय गरिएको जानकारी दिए । सिभिल र इलेक्ट्रिोमेकानिकल कामको ठेक्का लिएको चाइना गेजुवा ग्रुप अफ कम्पनीले क्षमता बढाउँदा नेपालले ठूलो फाइदा लिन सक्ने भन्दै क्षमता बढाउनका लागि लबिङ गरिरहेको थियो । प्राधिकरणका केही अध्ययनले समेत आयोजनाको क्षमता बढाउँदा उपयुक्त हुने प्रतिवेदन दिएको थियो भने केहीले अहिलेको अवस्थामा क्षमता बढाउन नहुने प्रतिवेदन दिएका थिए । निर्माण सुरु भएर २० प्रतिशतभन्दा बढी निर्माण भइसकेको अवस्थामा क्षमता बढाउन नहुने भन्दै प्राधिकरणभित्रका कर्मचारी संघसंगठनका साथै पूर्वऊर्जामन्त्रीले समेत क्षमता बढाउन नहुने बताउँदै आएका थिए ।
क्षमता बढाउनेरनबढाउने विवादका कारणले आयोजना निर्माणको गति सुस्त बनेको थियो । ‘अब क्षमता बढाउने निर्णय भएपछि आयोजनाको गति द्रुत भएर समयमै बन्ने आशा गर्न सकिन्छ,’ क्षमता बढाउनका लागि लबिङ गरिरहेका एक अधिकारीले भने, ‘थोरै लागत र समय थपिँदा ३० मेगावाट थप विद्युत् बढ्ने भएकाले यो निर्णय एकदम सकारात्मक छ, अब आयोजनाले गति पनि लिन्छ ।’ पछिल्लोपटक ऊर्जा मन्त्रालयका सहसचिव मोतीबहादुर कुँवरको संयोजकत्वमा रहेको समितिले त्रिशूली ३ ‘ए’को क्षमता ६० बाट ९० मेगावाट बनाउनु उपयुक्त हुने सुझाव दिएको थियो । सुझावकै आधारमा ऊर्जा मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो । यसअघि प्राधिकरणद्वारा गठन गरिएका दुई समितिले भने आयोजनाको निर्माणकार्य अघि सारेको अवस्थामा क्षमता बढाउन नहुने प्रतिवेदन दिएका थिए ।
प्राधिकरणभित्र भने क्षमता बढाउने र नबढाउने विषयमा विवाद थियो । केही अधिकारीहरू बढाउने पक्षमा थिए भने केही अधिकारी बढाउनुहुन्न भन्ने पक्षमा थिए । प्राधिकरणले सन् २००७ र सन् २०११ मा गरेको अध्ययनमा भने क्षमता बढाउँदा फाइदा हुनसक्ने औँल्याइएको थियो । ६० मेगावाट क्षमताको आयोजनालाई ९० बनाउँदा हुने फाइदाका आधारमा सो आयोजनाको क्षमता बढाउनु उपयुक्त हुने तर्क गर्दै ती कर्मचारीले समेत लबिङ गरिरहेका थिए । ‘क्यू ७० मा बनेको आयोजनालाई क्यू ५२ मा गर्दा प्राविधिक रूपमा उपयुक्त छ, नेपालमा अझै पनि वर्षामा समेत लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेकाले उत्पादन बढाउँदा नेपाललाई फाइदा नै छ,’ उनले भने, ‘वर्षा खेर जान्छ भनेर विरोध गर्नुको अर्थ थिएन, वर्षामा भारतलाई बेच्ने र हिउँदमा किनेर सन्तुलित बनाउनतिर सरकार लाग्नुपर्छ ।’
ठेकेदार गेजुवा कम्पनीले प्राविधिकलगायत सम्पूर्ण रूपले आयोजनाको क्षमता बढाउनु उपयुक्त भएको भन्दै पटकपटक क्षमता बढाउनका लागि सरकारसँग प्रस्ताव गरेको थियो ।     ‘क्षमता अभिवृद्धि गर्दाप्रति किलोवाटको लागत १ हजार ४ सय ८६ दशमलव ३ डलर अर्थात् प्रतियुनिट २।६८ पैसा मात्र पर्छ, यो नेपालकै सबैभन्दा सस्तो हो,’ ठेकेदार कम्पनी पक्षधरले भने । ऋण लगानी गर्न चाइनाको एक्जिम बैंक तयार रहेको भन्दै उनीहरूले प्रस्ताव राखेका थिए ।
उनीहरूका अनुसार प्राधिकरणले गरेकै अध्ययनका आधारमा पनि ९० मेगावाट बनाउँदा सुख्खा याममा ३६ प्रतिशत दिने उल्लेख छ । त्रिशूली ३ ‘ए’ले भने साढे ६ महिना पूर्ण उत्पादन दिने ठेकेदार सम्बद्ध स्रोतको दाबी छ । ठेकेदार कम्पनी स्रोतले भने त्रिशूली ३ ‘ए’ आयोजनाको क्षमता बढाउँदा त्रिशूली ३ ‘बी’ आयोजनाको क्षमता पनि ३७ मेगावाटलाई बढाएर ५५ मेगावाट बनाउन सकिने जनाएको आजको सौर्य दैनिकमा छापिएको। नीहरूका अनुसार क्षमता बढाउँदा हेडवक्र्स र प्रसारण लाइनमा कुनै फेरबदल गर्नुपर्दैन भने इनटेक, सुरुङ, विद्युत् गृह तथा इलेक्ट्रोमेकानिकलका उपकरणको डिजाइनमा सामान्य परिवर्तन गरे मात्र पुग्छ ।
६ देखि ९ महिनाभित्रै थप ३० मेगावाटको विद्युत् बढाउन सकिने भए पनि ऊर्जा संकटको विकराल अवस्था नबुझेका व्यक्ति, समूह र विचार रहेकाले मात्र विवाद उत्पन्न गराइएको आरोप ठेकेदार पक्षले लगाउँदै आएको थियो भने ६० मेगावाट क्षमतालाई बढाउँदा पनि सुख्या याममा विद्युत् उत्पादन नबढ्ने भन्दै विरोध गर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

आजको प्रमुख समाचार