सुरु गरे ओलीले राजनीति भेटघाट

२० पुष २०६९, शुक्रबार १३:३२ मा प्रकाशित

काठमाडौ, २० पुस । नेकपा एमालेका नेता केपी शर्मा ओलीले राजनीति भेटघाट सुरु गरेका छन् । उनले राजनीतिक दलहरुभित्रैबाट सरकार गठन गर्नु पर्ने भन्दै राजनीति भेटघाट सुरु गरेका हुन् ।
नेता ओलीले आज विहान राष्ट्रपति डा. रामबरण यादवसंग भेटवार्ता गरे । भेटवार्ताका क्रममा राजनीति दलका नेताहरुबाटै मुलुकको प्रधानमन्त्री बनाउनु पर्नेमा जोड दिएका छन् ।
राष्ट्रपतिसंग उनले स्वतन्त्र व्यक्तिको नेतृत्व एमालेलाई मान्य नहुने स्पष्ट पारेका थिए । राष्ट्रपतिसंग आफुले माओवादीले प्रस्ताब गरेजस्तो कुनै स्वतन्त्र ब्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरा मान्न नसकिने आफुले स्पष्ट पारेको जानकारी दिए । उनले दलहरुभित्रैबाट नयाँ प्रधानमन्त्री बनाई राजनीतिक गतिरोध अन्त्य गर्न आफूले राष्ट्रपतिलाई आग्रह गरेको पनि बताए ।
यसैगरी उनले आजै काग्रेस सभापति शुशील कोइरालासंग पनि भेटवार्ता गरेका छन् । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा ओलीले राष्ट्रपतिले पटक पटक समय थप्दा पनि सहमति हुन नसकेकोले अब राष्ट्रपतिलाई अगाडि सारेर चुनावी सरकार गठन गर्न आग्रह गर्नेबारे छलफल गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति