प्रतिष्पर्धात्मक राजनीतिक धरातलमा बसेरै नेतृत्व खोज्नुपर्छ : शर्मा

२० पुष २०६९, शुक्रबार १३:२६ मा प्रकाशित

बागलुङ, २० पुस । शिक्षामन्त्री दिननाथ शर्माले प्रतिष्पर्धात्मक राजनीतिक धरातलमा बसेरै मुलुकको नेतृत्व खोज्नुपर्ने बताएका छन् । बाग्लुङ्गमा आज सञ्चारकर्मीहरुसंग बोल्दैन मन्त्री शर्माले भने, ‘प्रधानमन्त्री बन्ने बाटो बनाइदेउ भनेर कसैको पाउँ परेकै भरतमा प्रधानमन्त्री बन्ने सकिन्न ।’
सबैको सहमति बनाएर ल्याए शुशिल कोइरालालाइ प्रधानमन्त्री मान्न सकिने भन्दै उने थपे, ‘हाम्रा पार्टी अध्यक्ष प्रचण्डलाइ सहमति बनाइदेउ भनेर हुदैन यसका लागि आफै पहल गर्नु पर्छ ।’
कांग्रेस सभापति कोइरालालाई इगिंत गर्दै एमाओवादीका नेता समेत रहेका शर्माले भने, ‘प्रचण्डलाइ हार गुहार गरेर प्रधानमन्त्री बनाइदिनुप¥यो भनेपछि अर्को स्वतन्त्र व्यक्तिको खोजी भएको हो ।’ ‘दलहरुको विकल्प दलहरुनै हो, गैर राजनीतिक व्यक्तिबाट पनि समस्याको समाधान संभव छैन’ शर्माले भने, ‘अहिलेका प्रतिपक्षिहरुले विकल्प नदिने, सरकारमात्र छाड भनेर अन्यौल आएको हो ।’ सहमतिको अर्को प्रधानमन्त्री नआएसम्म बाबुरामले छाड्नै नमिल्ले शर्माको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

आजको प्रमुख समाचार