संविधानसभामा आज पनि राज्यपुनर्संरचना समितिको प्रतिवेदनमाथिको छलफल जारी

१४ चैत्र २०६८, मंगलवार ०९:२७ मा प्रकाशित

काठमाडौ, १४ चैत । राज्यपुनर्संरचना उच्चस्तरिय सुझाव आयोगको प्रतिवेदनको बारेमा आज पनि संविधानसभामा छलफल हुँदैछ । हिजो पहिलो दिनको छलफलमा अधिकांश सभासदहरुले राज्यपुनर्संचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदनले नागरिकको चाहानाअनुसार प्रस्ताव तयार गर्न नसकेको धारणा राखेका थिए । सुझाव आयोगको प्रतिवेदनले झनै विवाद निम्त्याएकोभन्दै सभासदहरुले आलोचना गरेका थिए । संविधानसभाको बैठक बिहान ११ बजेपछि नयाँवानेश्वरमा सुरु हुनेछ । सुझाव आयोगको प्रतिवेदनको बारेमा बोल्न बाँकी सभासदहरुले आज आफ्नो भनाइ राख्नेछन् । हिजो करिब ३ दर्जनबढि सभासदले बोलेका थिए । राज्यपुनर्संचना आयोगको प्रतिवेदनमा आगामी १६ गतेसम्म संविधानसभामा छलफल हुनेछ । सरकारले गत माघ १९ गते संविधानसभा अध्यक्षलाई प्रतिवेदन हस्तान्त्ररण गरे पनि दलहरुवीच नियमावलीमा सहमति जुटन नसक्दा प्रतिवेदन अलपत्र परेको थियो । आयोगले फरक मतसहित १२ र ६ प्रतिदेशका छुट्टाछुट्टै अवधारणा सहितको प्रतिवेदन तयार पारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा