कोइराला-ओली भेटघाट

२० पुष २०६९, शुक्रबार १३:०२ मा प्रकाशित

रासस/ काठमाडौ, २० पुस । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का वरिष्ठ नेता केपी ओलीबीच आज बिहान कोइराला निवासमा भेटवार्ता भएको छ ।
पार्टी उपाध्यक्ष विद्या भण्डारी र महासचिव ईश्वर पोखरेलसहित सभापति कोइरालासँग वर्तमान राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल भएको जानकारी नेता ओलीले दिए ।
राष्ट्रपति डा रामवरण यादवले सहमतीय सरकार गठनका लागि पछिल्लो पटक दिनुभएको समयावधि सकिने आज अन्तिम दिन भएकाले एमालेका वरिष्ठ नेताहरु र सभापति कोइरालाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले राष्ट्रपतिले सहमतिका लागि आह्वान गरिरहने र दलहरुले सहमति गर्ने प्रतिबद्धता जनाइरहने तथा प्रधानमन्त्रीले सहमतिका लागि पद त्याग्छु भनिरहने तर सहमतिका लागि कहीँकतैबाट निर्णायक कदम नचालिएको अवस्थामा वरिष्ठ नेतासहितको टोलीसँग समस्या समाधानका लागि छलफल भएको जानकारी दिए ।
छलफलमा नेता ओलीले चुनावका लागि स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन हुनुपर्छ तथा राजनीतिक दलको नेतृत्वमा गठन हुने सरकारले चुनाव गर्न सक्दैन भन्ने हास्यास्पद तर्क आएको भनी टिप्पणी गर्नुभएको महामन्त्री सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

आजको प्रमुख समाचार