माओवादीको ‘अवध राज्य’ ठप्प, ६ प्रदर्शनकारी पक्राउ

२० पुष २०६९, शुक्रबार १२:३९ मा प्रकाशित

चन्दकान्त खनाल/ २० पुस । नेकपा–माओवादीले आज आव्हान गरेको अवध राज्य बन्दको प्रभाव विहानैदेखि परेको छ । नेकपा–माओवादीका नेता तथा अवध राज्य समिति सदस्य शैलेश तिवारीको प्रहरी हिराशतमा शंकास्पद मृत्युको विरोधमा नेकपा माओवादी अबध मधेश राज्य समितिले बन्दको आव्हान गरेको हो । पार्टी महाधिवेशन तयारीको प्रचारप्रसारका क्रममा रुपन्देहीको रोहणीहवा पुगेका तिवारीको प्रहरी हिराशतमा भएको मृत्युको सत्यतथ्य र्साबजनिक हुनुपर्ने, दोषी प्रहरीलाई कार्वाही गर्नुपर्ने माग गरेको छ ।
बन्दका कारण नवलपरासी, रुपन्देही र कपिलवस्तुमा यातायात, शैक्षिक संस्था तथा बजारहरु बन्द रहेका छन् । बन्दका कारण तेस्रो त्रैमासिक परीक्षा समेत प्रभावित भएको छ । बन्दको पुर्वसन्ध्यामा माओवादीले हिजो सांझ तीन जिल्लाका बिभिन्न स्थानमा मसाल जुलुस समेत निकालेको जनाएको छ ।
यसैबीच बन्द गराउन हिँडेका नेकपा माओवादी केही कार्यकर्ता बुटवल र भैरहवाबाट पक्राउ परेका छन् । पक्राउ परेका कार्यकर्तालाई तत्काल छोड्नु पर्ने नेकपा माओवादीको अवध मधेस राज्य इन्चार्ज चन्द्रहरि सुवेदी अटलले माग गरेका छन् । अटलका अनुसार बुटवल चोकबाट जन स्वयमसेवकका रुपन्देही जिल्ला अध्यक्ष नविन रोका मगर र अखिल क्रान्तिकारी रुपन्देही जिल्ला उपाध्यक्ष मनकुमार कनौजे मगर पक्राउ परेका हुन । यसैगरी भैरहवाबाट पक्राउ पर्नेहरुमा नवीना चौधरी, श्यामबिहारी चौधरी, नजाम मुसलमान र शंकर ज्ञवाली रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको

चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको

आजको प्रमुख समाचार