समायोजनको खाकालाई अन्तिम रुप दिन सेना समायोजन विशेष समितिको बैठक बस्दै

१४ चैत्र २०६८, मंगलवार ०९:२६ मा प्रकाशित

काठमाडौ, १४ चैत । लडाकु समायोजनको खाकालाई अन्तिम रुप दिने बारेमा छलफल गर्न माओवादी लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिको बैठक आज बस्दैछ । समितिको सचिवलाय नयाँवानेश्वरमा दिउँसो ३ बजेपछि सुरु हुने विशेष समितिको बैठकमा लडाकु समायोजनको मापडण्डको बारेमा छलफल हुनेछ । विशेष समितिको बैठकमा आज सचिवालयले समायोजनको मापदण्ड सहितको आफ्नो खाका प्रस्तुत गर्नेछ । समायोजनको मापदण्डबारे विशेष समितिमा सहमति भए आजै सार्वजनिक गर्ने तयारी भएको सचिवालयले जनाएको छ । नेपाली सेनाको समायोजन प्रस्ताव तथा ७ बुँदे सहमतिलाई आधार बनाएर सचिवालयले समायोजन खाकालाई आजै अन्तिम रुप दिनेछ । समायोजनको खाकालाई अन्तिम रुप दिन सचिवालयको बैठक बिहान १० बजेपछि नयाँवानेश्वरमा सुरु हुनेछ । सैनिक मापदण्ड अनुसार नै समायोजन प्रक्रिया सुरु हुनेभए पनि उमेर, शिक्षा, वैवाहिक अवस्थामा लचकता अपनाइएको सचिवालयस्रोतले जनाएको छ । सचिवालयमा पनि सेनाका कति मापदण्ड छाड्ने र कति पालना गर्ने भन्नेमा एकमत हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री