सोल्टीमोडमा मिनीबस दुर्घटना, दुईको मृत्यु

२० पुष २०६९, शुक्रबार १०:१५ मा प्रकाशित

काठमाडौं, २० पुस । आज बिहानै कालिमाटी सोल्टीमोडमा यात्रुले खचाखच भरिएको मिनीबस दुर्घटना भई दुईजनाको ज्यान गएको छ । झिसमिसे बिहानीमा कलंकीबाट कालिमाटीतर्फ तिब्र गतिमा आउँदै गरेको बा ३ ख ९८५ नम्बरको मिनी बस अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर पल्टिएको थियो। दुर्घटनामा मिनीबसका सहचालक ओखलढुङ्गाका विजय गुरुङ र बसमा यात्रा गरिरहेका गोरखाका २० वर्षीय प्रकाश पन्तको ज्यान गएको र अन्य दुई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भएका नैकापका ४० वर्षीय मनोज केसीको वीर अस्पतालमा र अर्की घाइते नेपाली सेनामा कार्यरत २८ वर्षीया विनु पोखरेलेको छाउनी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

आजको प्रमुख समाचार