सहमतिको समय–सीमा आज समाप्त हुँदै, राष्ट्रपतिद्वारा छलफलको तयारी

२० पुष २०६९, शुक्रबार ०९:४३ मा प्रकाशित

काठमाडौं, २० पुस । राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार गठनका लागि पछिल्लो पटक दिएको समय–सीमा आज समाप्त हुँदैछ । संवैधानिक प्रावधानअनुसार मंसिर ८ गतेदेखि राष्ट्रपतिले पटक–पटक गरेको आह्वान व्यर्थ बन्दै गएको छ । भावी सरकारको नेतृत्वको विषयमा दलहरुबीच एकमत हुन नसकेपछि संविधानसभाको अर्को निर्वाचनको मितिलगायतका मुद्दामा सहमति बन्न सकेको छैन ।
सत्तारुढ दलले यही सिरकारलाई निरन्तरता दिने अडान लिइरहँदा विपक्षीदलहरुले भने प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमनलाई नै वपहिलो सर्त बनाएका छन् । दलीय सहमति हुन नसकिरहेको बेला दलहरुले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउने विकल्पमा समेत छलफल सुरु गरेका छन् । आज पनि सहमति हुन नसकेपछि राष्ट्रपति यादवले दलहरुसँग थप गरी आवश्यक निर्णय लिन लागेको शितलनिवास सुत्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार