दलित समुदायद्धारा बालीघरे प्रथा अन्त्यको घोषणा

२० पुष २०६९, शुक्रबार ०९:०८ मा प्रकाशित

गुल्मी, २० पुुस । गुल्मीका दलित समुदायले समाजमा परम्परादेखि चल्दै आइरहेका सबैखाले बालीघरे प्रथाको अन्त्य गर्ने घोषणा गरेका छन् । बालीघरे प्रथाको विरुद्धमा सशक्त हुन र त्यसका लागि सवैलाई संगठित पार्न ‘दलित बालिघरे प्रथाविरुद्ध साझा अभियान’ भन्दै उनीहरुले एक समितिसमेत गठन गरेका छन् ।
अधिकार, लोकतन्त्र र समावेशीकरण कोषको सहयोग तथा उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीद्धारा सञ्चालित दलित सशक्तिकरण तथा समावेशीकरणका लागि साझा अभियान कार्यक्रमअन्तर्गत सदरमुकाम तमघासमा आयोजित दलित बालिघरे प्रथाविरुद्धको साझा अभियान विषयक अन्तरक्रिया भेलामार्फत उनीहरुले बालिघरे प्रथाको अन्त्यका लागि अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका

आजको प्रमुख समाचार