बेलायतमा नेपाली सेनाका कर्णेल पक्राउ

२० पुष २०६९, शुक्रबार ०७:४६ मा प्रकाशित

एजेन्सी/ २० पुस । नेपाली सेनाका एकजना बहालबाला कर्णेललाई बेलायतमा प्रहरीले नियन्त्रणमा लिएको छ । युएन मिसनअन्तरगत सुडानमा कार्यरत कर्णेल कुमार लामा दुई साताको छुट्टीमा बेलायतमा स्टाप नर्स रहेकी आफ्नी पत्नीलाई भेट्न गएका बेला स्कटल्याण्ड यार्ड भनिने त्यहाँको प्रहरी निकायले पक्राउ गरेको हो । उनलाई लण्डनदेखि एकसय १५ किलोमिटर दक्षिणपूर्वी शहर ससेक्सको सेन्ट लियोनार्द अन सीबाट पक्राउ गरिएको जनाइए पनि औपचारिक रुपमा उनको नाम तथा अन्य विवरण प्रहरीले अहिलेसम्म खुलाएको छैन । पक्राउ पर्ने ४६ बर्षीय नेपाली सेनाका बहालवाला महासेनानी (कर्णेल) रहेको सैनिक सूत्रले जानकारी दिएको हो ।
बिहिबार बिहान पक्राउ परेका कर्णेल लामालाई कसको उजूरीको आधारमा पक्राउ गरिएको हो भन्ने पनि सार्वजनिक गरिएको छैन। नेपालमा सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकार हनन् गरेको आरोपमा उनलाई पक्राउ गरिएको बुझिएको छ । स्मरण रहोस्, सन् १९८८ को युद्ध अपराध ऐनअनुसार घटना जहाँको भएपनि युद्ध अपराध, युद्ध यातनाजस्ता गम्भीर आरोप लागेकाहरुलाई बेलायती प्रहरीले पक्राउ गर्न पाउने व्यबस्था छ ।  यस्ता व्यक्तिहरुलाई पक्राउ गर्नुपूर्व नै आधारभूत प्रमाणहरु जुटाएर माथिल्लो निकायबाट अनुमति लिएपछि मात्रै प्रहरीले पक्राउ गर्न पाउँछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री

आजको प्रमुख समाचार