आज नवलपरासी, रुपन्देही र कपिलबस्तु बन्द आह्वान

२० पुष २०६९, शुक्रबार ०७:३३ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २० पुस । नेकपा माओवादीका नेता तथा अवध राज्य समिति सदस्य शैलेश तिवारीको प्रहरी हिराशतमा शंकास्पद मृत्युको बिरोधमा नेकपा माओवादी अबध मधेश राज्य समितिले आन्दोलनका र्कायक्रम सार्वजनिक गरेको छ ।
पार्टी महाधिवेशन तयारीको प्रचारप्रसारका क्रममा रुपन्देहीको रोहणीहवा पुगेका तिवारीको प्रहरी हिराशतमा भएको मृत्युको सत्यतथ्य र्सावजनिक हुनुपर्ने र दोषी प्रहरीलाई र्कावाही गर्नुपर्ने माग गर्दै नेकपा माओवादीले अबध राज्य समितिले आज शुक्रबार नवलपरासी रुपन्देही र कपिलबस्तु बन्द आब्हान गरेको हो ।
नेकपा माओवादी अबध राज्य समितिका ईञ्चार्ज चन्द्रहरि सुबेदी ‘अटल’ र सेक्रेटरी उमा भुजेलले एक प्रेस बिज्ञप्ति जारी गर्दै उपाध्यायको मत्युका बारे सत्यतथ्य बाहिर ल्याउन र दोषी प्रहरीलाई कार्वाही गर्न माग गरेका छन् । तीनवटा जिल्लामा यातायात, उद्योग, कलकारखाना, शैक्षिक संस्था लगायत सम्पुर्ण निकाय बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म बन्द गरिने नेकपा माओवादीका नेता बाला थापाले बताए ।
रुपन्देहीको फरेना २ का ३५ वर्षीय तिवारीको उच्च रक्तचापका कारण मृत्यु भएको रुपन्देही प्रहरीले दावी गरेको  छ । उनलाई एम्बुलेन्सबाट भैरहवास्थित मेडिकल कलेज उपचार गर्न लगिएकोमा अस्पताल प्रशाशनले मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको चुनावका लागि भएको मतदानमा ३९ जनाले भोट हालेका छैनन् । केन्द्रीय निर्वाचन आयोगका सदस्य

हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।भारतमा चार

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना