क्याम्पसहरुको साझा संगठन गठन

१९ पुष २०६९, बिहीबार १८:५८ मा प्रकाशित

काठमाडौं, १९ पुस । पूर्वाञ्चल विश्वविद्यालयबाट    सम्बन्धन पाएका मुलुकभरका क्याम्पसहरुले पूर्वान्चलन विश्वविद्यालयलाई अघि बढाउन भन्दै नयाँ साझा संगठन निर्माण गरेका छन् । कमल भट्टराईको अध्यक्षतामा  पूर्वाञ्चल विश्वविद्यालय कलेज एशोसिएशन नेपालको गठन गरिएको हो । संस्थाको उपाध्यक्षमा प्रल्हाद कार्की, शम्भुकुमार दाहाल महासचिव सोमराज देवकोटा, कोषाध्यक्षमा मदन कँडेल, घनश्याम खड्का सदस्यमा विश्वप्रकाश श्रीवास्तव, कृष्ण भूषाल हङ्कङ राणा र श्रीमती ज्ञानु बस्नेत रहेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी विभिन्न विषयमा उच्च शिक्षा सञ्चालन गर्दै आएका कलेज सञ्चालकहरुले विश्वविद्यालयसँग हातेमालो गर्दै विश्वविद्यालयको सम्पूर्ण प्राज्ञिक तथा शैक्षिक गतिविधिहरुलाई अगाडि बढाउने उद्देश्य लिएर गैरराजनीतिक संस्थाको रुपमा पूर्वाञ्चल विश्वविद्यालय कलेज एशोसिएशन नेपालको स्थापना गर्ने घोषणा गरेका हुन् ।
कलेज एसोसिएसन नेपालले विश्वविद्यालयले सकारात्मक दिशामा अगाडि बढाउनका लागि शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्देश्य राखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा त्यस अन्तर्गतका कलेजहरु, प्राज्ञिक संस्थाहरुसँग समन्वय गर्दै उच्च शिक्षाका लागि विदेशीने विद्यार्थीहरुलाई रोकी यही नै गुणस्तरीय शिक्षा दिने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार