राष्ट्रपति अघि बढ्नु पर्छ : डा महत

१९ पुष २०६९, बिहीबार १८:३९ मा प्रकाशित

दाङ १९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा.रामशरण महतले मुलुकको निकासका लागि राष्ट्रपति अघि बढ्नु पर्ने बताएका छन् । सहमतिका लागि लामो प्रयास हुँदा पनि देशले निकास नपाएको भन्दै उनले अब राष्ट्रपति सक्रिय भएर मुलुकलाई निकास दिनु पर्ने बताएका हुन् ।
घरीघरी म्याद थपेर रमिता हेरेर राष्ट्रपति बस्नु हुँदैन, अब समाधानका लागि कडा कदम चाल्नु पर्छ । रिपोटर्स क्लब नेपाल दाङ शाखाले दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा नेता महतले भने, धेरैपटक म्याद थपेर पनि देशले निकास पाउन नसकेको र राजनीतिक दलहरु पनि सहमतिमा पुग्न नसकेको उल्लेख गर्दै अब राष्ट्रपतिले कडा कदम चालेर आफैले प्रधानमन्त्री चुन्नुपर्ने बताएका हुन ।
क्लबका अध्यक्ष सरद रेग्मीको सभापतित्वमा भएको साक्षात्कारमा उनले राष्ट्रपतिले नै संविधानको मर्मअनुसार बहुमतको आधारमा प्रधानमन्त्री चुनेर त्यही सरकारले वैशाख जेठभित्रै चुनाव गराइसक्नुपर्ने धारण व्यक्त गरे । उनले दलहरुवीच सहमति हुन नसकेको अवस्थामा यो भन्दा अर्काे विकल्प नभएको दावी समेत गरे ।
एकीकृत नेकपा माओवादीले पैसा र पदको लागि राष्ट्रलाई दाउमा लगाएर बार्गेनिङ गरिरहेको आरोप लगाउँदै माओवादीले पैसा र आफ्ना कार्यकर्ताहरुलाई जागिर खुवाउनका लागि युद्धको नाटक गरेको बताए । महतले भने–युद्धकै कारण माओवादीले आफ्नो स्वर्थ पूर्ति गर्न थुप्रै नेपालीका छोराछोरीहरुलाई बलिदान गर्यो ।
पछिल्लो अबस्थामा एकीकृत नेकपा माओवादी, एमालेका कैयौ कार्यकर्ताहरुसमेत कांग्रेसमा प्रवेशको लहर देखेर माओवादी अत्तालिएको भन्दै उनले विस्तारै सबै कांग्रेसले देखाएकै बाटोमा आउन थालेको दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा